राष्ट्र बैंकले २० करोड बराबरको बैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले २० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दैै बैंकले वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरुका लागि पाँच वर्षेेबचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्र आगामी पुस २७ गते निष्काशन हुँदैछ ।
पाँच वर्षका लागि निष्काशन गरिएको उक्त बचतपत्रमा बैंकले वार्षिक १० प्रतिशतको आकर्षक ब्याजदर समेत प्रदान गर्ने जनाएको छ । बचतपत्र पुस १ गते(आज) देखि पुस २१ गते सम्मलाई खुल्ला गरिएको छ । उक्त बचतपत्र लगानीका लागि इच्छुक वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् । तर लगानीकर्ता स्वदेश फर्किएको चार महिना कटेको हुन नहुने बैंकद्धारा जारी सूचनामा भनिएको छ ।
लगानीकर्ताले बचतका लागि घटीमा ५ हजार देखि बढिमा ५ हजारले भाग गर्दा निःशेष भाग जाने रकम सम्म खरिद दरखास्त दिन सक्नेछन् । वार्षिक १० प्रतिशत ब्याजदर रहेको उक्त बचतको ब्याज भने ६/६ महिनामा भुक्तानी गरिने बैंकले जनाएको छ । तर उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।
आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ ।
यदि परिवारका सदस्यको नाममा खरिद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात र नाबालकको नाममा संरक्षक भइ खरिद गर्ने भए नावालकको जन्मदर्ता प्रमाणपत्र सहित दखास्त दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
लगानीकर्ताले बचतपत्र खरिदका लागि ८ वाणिज्य बैंकहरु सिटिजन, नविल, माच्छापुच्छे«, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा र सेञ्चुरी कमर्सियल बैंक सहित दुई रेमिट कम्पनीहरु प्रभु मनि ट्रान्सफर र सेवा रेमिट कम्पनीहरुबाट आवेदन बुझाउन सक्नेछन् ।
बचतपत्र २०७६ पुस २७ देखि २०८१ पुस २७ सम्म ५ वर्षका लागि निष्कासन गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण