सिटी र युनाइटेड सेमिफाइनलमा
म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इङ्लिस लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको क्वाटरफाइनलमा सिटीले घरेलु टोली अक्सफोर्ड युनाइटेडलाई ३–१ गोलले हरायो । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिग टु टोली क्लब कोलचेस्टर युनाइटेडलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
सिटीको जितमा रहिम स्ट्रलिङको दुई गोल गरे । अर्को गोल जोओ क्यान्सेलोले गरेका थिए । अक्सफोर्डका माट टेलरले एक गोल फर्काए । सिटीले २२औं मिनेटमा क्यान्सेलोको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको पहिलो मिनेटमै अक्सफोर्डका माट टेलरले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि सिटीका रहिम स्ट्रलिङले ५०औं र ७०औं मिनेटमा गोलर्गै टोलीलाई सजिलै जिताए । यसैगरी म्यानचेस्टर युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एन्थोनी मार्सियलले गोल गरे । युनाइटेडले अर्को गोल उपहार पाएको थियो ।
अर्काे क्वार्टरफाइनलमा लेस्टर सिटीले एभर्टनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सर्किपछि खेल टाईब्रेकरमा गएको थियो । निर्धारित समयमा लेस्टरका जेम्स म्याडिसन र जोनी इभान्सले गोल गरे । एभर्टनका टोम डेभिस र लिथनले गोल गरेका थिए । टाईब्रेकरमा लेस्टरका बेन चिलवेल, रिकार्डाे पेरेरा, डिमाराई ग्रे र जेमी भार्डीले गोल गरे ।
जेम्स म्याडिसन भने चुकेका थिए । एभर्टनका मसान होलगेट र डोमिनिकले मात्र गोल गर्न सफल भए । यससँगै लिग कप फुटबलको सेमिफाइनल समिकिरण पूरा भएको छ । यसअघि मंगलबार राति भएको खेलमा लिभरपुललाई ५–० गोलले हराउँदै एस्टन भिल्ला सेमिफाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण