मिस नेपाल अनुष्कालाई लन्डनमा बधाईको ओइरो
नरेन्द्र बस्नेत
लन्डन । गत साता लन्डनमा सम्पन्न मिस वर्ल्ड २०१९ प्रतियोगितामा टप १२ सम्म पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले ‘ब्युटी वीथ अ पर्पोज’ र ‘मल्टिमिडिया’ अवार्ड जितेपछि उनलाई बधाइको ओइरो लागेको छ ।
२३ वर्षीया श्रेष्ठले सामाजिक सञ्जालमा अत्यधिक इन्गेजमेन्ट, लाइक कमेन्ट अनि सेयरमार्फत भएका कारण मल्टिमिडिया अवार्ड पाएकी थिइन् भने काठमाडौँदेखि ७० किलोमिटर टाढा हेलम्बु क्षेत्रस्थित सोल्सिङ गाउँमा ग्रामीण विकास र सशक्तिकरणका लागि काम गरिरहेको उनको प्रोजेक्टले ‘ब्युटी वीथ अ पर्पोज’ अवार्ड दिलाएको थियो ।
अनुष्काले १४० घरधुरी रहेको सोल्सिङमा शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका लागि उक्त कम्युनिटी प्रोजेक्ट रोजेकी छन् । ‘हेड टु हेड च्यालेन्ज’ राउण्ड टु जितेर उनी टप ४० मा सिधै पुगेकी थिइन् । अनुष्काले हाउस अफ लर्डस र अक्सफोर्ड युनियनमा भएका वहसमा आफूलाई अब्बल देखाउन सफल भइन् ।
अनुस्कालाई लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बधाई तथा शुभकामना दिएका छन् । आफ्ना आमाबाबुका साथ लन्डन बस्ने अन्तिम दिन शुक्रबार दूतावास पुगेकी अनुष्काले त्यहाँको भेट अविष्मरणीय र प्रेरणादायी भएको उल्लेख गरेकी छन् । उनले नेपाल सरकारको बेलायतमा प्रतिनिधित्वको पनि प्रशंसा गरेकी छन् ।
भेटमा राजदूतसँग नेपाली कला संस्कृति जगेर्नामा युवाहरुको भूमिकालगायत अन्य धेरै सवालमा कुराकानी भएको अनुष्काले बताइन् ।
उता, अनुष्कालाई ब्रिस्टोल नेपाली सोसाइटीले पनि बधाईसहित सम्मान गरेको छ । नेपाल फर्किएपछि उनले आफ्नो प्रोजेक्टमा समय दिने बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण