नयाँदिल्लीका दुई कारखानामा आगलागी
एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ । नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन् । यो समाचार प्रकाशित हुदाँसम्म आगलागीमा परी सर्वनागरिकको मृत्यु भएको विवरण नआएको अधिकारीहरुले बताएका छन् । तर आगलागी नियन्त्रण गर्न खटिएकामध्ये तीन अग्नि नियन्त्रकहरु भने घाइते भएका समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीमा पछिल्लो समय आगलागीका घटना निरन्तर हुदै आएका छन् । गत सोमबार पनि कम्तीमा नौ जनाको ज्यान जानेगरी आगलागी भएको थियो । यही महिनाको सुरुमा भएको अर्को आगलागीको घटनामा परी अरु ४३ जनाको मृत्यु भएको थियो ।
दुवै घटनामा परी केही घाइते भएका छन् भने लाखौँको क्षति भएको छ । सुरक्षा व्यवस्थामा कमी भएको कारण यसप्रकार आगलागी हुने गरेको सम्बन्धित अधिकारीहरुको भनाई रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी
-
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
-
कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट ?
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी
-
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सुरक्षाबारे अमेरिकाको चिन्ता
-
कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा