नयाँदिल्लीका दुई कारखानामा आगलागी
एजेन्सी । भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा रहेका दुई कारखानामा मङ्गलबार आगलागी भएको छ । नयाँ दिल्लीको उत्तरी भागमा रहेको नरेला औद्योगिक क्षेत्रमा रहेका कारखानाहरुमा आगलागी भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
एउटा कारखानामा मध्यरातमै आगलागी भएको र अर्को कारखानामा बिहान सबेरै भएको उनीहरुले जनाएका छन् । यो समाचार प्रकाशित हुदाँसम्म आगलागीमा परी सर्वनागरिकको मृत्यु भएको विवरण नआएको अधिकारीहरुले बताएका छन् । तर आगलागी नियन्त्रण गर्न खटिएकामध्ये तीन अग्नि नियन्त्रकहरु भने घाइते भएका समाचारमा जनाइएको छ ।
नयाँ दिल्लीमा पछिल्लो समय आगलागीका घटना निरन्तर हुदै आएका छन् । गत सोमबार पनि कम्तीमा नौ जनाको ज्यान जानेगरी आगलागी भएको थियो । यही महिनाको सुरुमा भएको अर्को आगलागीको घटनामा परी अरु ४३ जनाको मृत्यु भएको थियो ।
दुवै घटनामा परी केही घाइते भएका छन् भने लाखौँको क्षति भएको छ । सुरक्षा व्यवस्थामा कमी भएको कारण यसप्रकार आगलागी हुने गरेको सम्बन्धित अधिकारीहरुको भनाई रहेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण