सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नपढी जाँच दिन परेपछि अपहरणमा परेको नाटक

बिहीबार, १० पुस २०७६, १६ : २९
बिहीबार, १० पुस २०७६

काठमाडौँ । प्रहरीसमक्ष पुग्ने सूचना सबै सत्य हुँदैनन् । कुनै–कुनै सूचना तपाईंहामीले सोचको भन्दा फरक हुन्छ । काठमाडौँको चन्द्रागिरीको एक घटनाको सूचना प्रहरीसमक्ष पुगेपनि झुटो साबित भएको छ । 

पुस ९ गते बागलुङ घर भई चन्द्रागिरी नगरपालिका–५ बस्दै आएका १३ वर्षीय श्याम (नाम परिवर्तन) ले परीक्षाको तयारी नगर्दा अपहरणमा परेको भन्दै नाटक गरेका छन् । श्यामको परीक्षा १० गते थियो । 

किसिपिढीस्थित जनकल्याण माविमा कक्षा ७ मा अध्ययनरत श्याम पुस १० बिहान घर पुगे र आमालाई दुई जनाले मिलि अपहरण गरी रातभरी बाँधेर राखेको बताए । 

आमाले तत्कालै महानगरीय प्रहरी वृत्त थानकोटमा अपरिचित समूहले छोरालाई अपहरण गरेको भन्दै जाहेरी दिइन् । श्यामलाई प्रहरी चौकी ल्याएर सोधपुछ गर्दा परीक्षाको तयारी नगरेकाले घर नगई बाहिर बसेको र बिहान परीक्षाको समय सकिएपछि अपहरणमा परेको भनी ढाँटेको उनले प्रहरी समक्षा बयान दिएका छन् । 

साँझ ७ बजेको समयमा घरबाट निस्केर श्याम चन्द्रागिरी नगरपालिका–८ किसिपिढीस्थित नमस्ते खाजा घरको टहरोमा बाहिर रहेको कुर्सीमा रातभर बसेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । श्याम रातभर बसेको ठाउँमा कुर्सीमा सेतो कपडाले बाँधिएको कपडाहरु समेत फेला परेको थियो । 

१८ वर्षभन्दा कम उमेरका श्यामलाई सम्झाईबुझाई गरेर छाडेको वृत्तका इन्सपेक्टर गायत्रीराज शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप