वायुको मुस्लाले बढायो चिसो
आइतबार, १३ पुस २०७६, ०७ : ३८
वायुमण्डलको माथिल्लो भेग हुँदै बहने वायुको मुस्लो (जेटस्ट्रिम) को प्रभावले देशैभर चिसो बढेको छ । तीव्र गतिमा बहने जेटस्ट्रिमले काठमाडौं उपत्यकासहित धेरै ठाउँको तापक्रम खस्काएको हो ।
भारतीय भू–भाग हुँदै चीनको तीब्बततर्फ बहने यस्तो वायुले हिमालय शृंखला र आसपासको भेगलाई छोएर बहँदा तापक्रममा गिरावट आएको र यो क्रम अझै जारी रहने मौसमविद्को ठहर छ ।
पृथ्वीको सतहबाट १०÷१२ किमि उचाइभन्दा माथि हुँदै बहने वायुको मुस्लोको प्रभावले चिसो बढ्ने बताउँदै मौसमविद् समिर श्रेष्टले भने, ‘जेटस्ट्रिम अहिले सामान्य अवस्थाभन्दा केही बढी दक्षिणतर्फ सरेकाले धेरै ठाउँको तापक्रम घट्दो छ ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण