मिस नेपाल अनुष्का हिरोइन नबन्ने
काठमाडौं । प्रथम मिस नेपाल रुवी राणादेखि उषा खड्गी, मलिना जोशी, सृष्टि श्रेष्ठ, माल्भिका सुब्बा, झरना बज्राचार्य निकिता चाण्डक लगायत अहिलेसम्म छानिएका मिस नेपाल मध्य धेरैले आफूलाई नेपाली फिल्म अभिनयमा उभ्याइ सकेका छन् ।
मिस नेपाल भएपछि धेरैको चाहना पनि नेपाली फिल्मको हिरोइन बन्ने रहन गर्दछ । अर्काे कुरा मिस नेपाललाई निर्माता निर्देशकले पनि फिल्मको अफर दिने गर्दछन् ।
तर नेपाली फिल्म अभिनयमा भित्रिएका मिस नेपालले सोचे जस्तो भने सफलता पाउन सकेका छैनन् । सायद, त्यसैले पनि होला पछिल्लो केही बर्षयता ‘मिस नेपाल’ घोषित भएका सुन्दरी भने फिल्म अभिनय आफ्नो चाहना नभएको बताउन थालेका छन् ।
यस्तैमा हालै मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी मिस नेपाल २०१९ की बिजेता अनुष्का श्रेष्ठले पनि फिल्म अभिनयमा आफ्नो रुचि नभएको बताएकी छन् । हालै एक अन्तवार्तामा उनले आफ्नो लक्ष्य हिरोइन बन्नु नभएको स्पष्ट परेकी हुन् । उनले भनेकी छन् ‘मेरो अभिनय गर्ने, हिरोइन बन्ने र पर्दामा छाउने अहिलेसम्म कुनै सोच छैन ।’
अनुष्का मात्र होइन यस अगाडि अर्थात २०१८ की ‘मिस नेपाल’ श्रृङ्खला खतिवडाले पनि फिल्म अभिनयमा आफ्नो रुचि नभएको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण