बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विद्यार्थीहरुप्रति ऐक्यबद्धता जनाउन जेएनयू पुगिन् दीपिका, चलचित्र बहिस्कार गर्न सामाजिक सञ्जालमा ट्रेन्डिङ

बुधबार, २३ पुस २०७६, ०९ : ५९
बुधबार, २३ पुस २०७६

क्याम्पसमा भएको हिंसाको विरोधमा प्रदर्शन गरिरहेका विद्यार्थीहरुको समर्थन गर्न बलिउड नायिका दीपिका पाडुकोण मङ्गलबार साँझ जवाहरलाल नेहरु क्याम्पस पुगेकी छन् । उनी करिब १० मिनेटसम्म प्रदर्शनरत विद्यार्थीहरुसँग साथ रहिन् । उनले विद्यार्थी युनियनकी अध्यक्ष आइशी घोषसँग भेटघाट गरिन् र हमलामा शिकार भएका विद्यार्थीहरुप्रति समर्थन जनाइन् ।

क्याम्पस पुगेर दीपिकाले विद्यार्थीहरुलाई सम्बोधित भने गर्न पाइनन् । उनी जेएनयू पुग्दा कन्हैया कुमारले भाषण दिइरहेका थिए ।

दीपिका जेएनयू पुगेपछि भाजपा नेता तेजिन्दर पाल सिंह बग्गाले उनको चलचित्र बहिस्कार गर्न आह्वान गरेका छन् ।

बग्गाले ट्वीट गर्दै लेखेका छन्, ‘टुकडे–टुकडे ग्याङ र अफजल ग्याङ्गको समर्थन गर्ने दीपिका पाडुकोणको चलचित्र बहिस्कार गर्नुहुन्छ भने रिट्वीट गर्नुहोस् ।’

बीबीसी हिन्दीका अनुसार यसबीच भारतमा ट्वीटरमा  #BoycottChhapaak ट्रेन्ड गरिरहेको छ । यस ह्यासट्यागमा उनीहरुले दीपिकाको आगामी चलचित्र छपाकलाई बहिस्कार गर्न अपिल गरिरहेका छन् । यद्यपि, धेरैले यसको विरोध गर्दै दीपिकाप्रति समर्थन पनि जनाएका छन् ।

दुई दिनअघि जेएनयू क्याम्पसमा केही नकाबधारीहरुले आक्रमण गरी शिक्षक र विद्यार्थीहरुलाई निशाना बनाएका थिए । उनीहरुले क्याम्पस परिसरमा तोडफोडसमेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप