बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

आम आदमी पार्टीले चुनावी गीतमा आफ्नो नेता देखाएको भन्दै भाजपाले हाल्यो पाँच अर्ब भारुको मानहानी मुद्दा

सोमबार, २८ पुस २०७६, १३ : २६
सोमबार, २८ पुस २०७६

नयाँदिल्ली । भाजपाको दिल्ली इकाईले आइतबार आम आदमी पार्टी(आप)विरुद्ध पाँच अर्ब भारुको मानहानीको मुद्दा दायर गरेको छ । 

आपले आफ्नो ट्वीटरमा सार्वजनिक गरेको एक चुनावी गीतको भिडियो  दिल्लीका भाजपा अध्यक्ष मनोज तिवारीका नाचिरहेका देखिन्छन् । 

गीतको भिडियो मनोज तिवारीका गीतका टुक्रालाई जोडेर बनाइएको देखिन्छ । मनोज तिवारी चर्चित भोजपुरी गायक र नायक पनि हुन् ।  

‘आपलाई आफ्नो चुनावी गीतमा मेरो भिडियो राख्ने अधिकार कसले दियो ?’ तिवारीले प्रश्न गरे । 

भाजपाले पनि ट्वीटरमा एक भिडियो पोष्ट गरेको छ जसमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालजस्ता देखिने व्यक्ति व्यंग्यात्मक प्रस्तुति गरिरहेका देखिन्छन् । 

दिल्लीका भाजपा अध्यक्ष मनोज तिवारीले आपका प्रमुख र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल फेब्रुअरी ८ को विधानसभा चुनाव हार्ने सम्भवनालाई लिएर भयभित भइसकेको बताए । 

तिवारीले भिडियोबारे निर्वाचन आयोगमा उजुरी गरिसकेको र मानहानी तथा बौद्धिक सम्पति अधिकार अन्तर्गत ५ अर्ब भारुको क्षतिपुर्ति माग गरेको बताए । 

दिल्ली भाजपाका मिडिया सम्बन्ध प्रमुख नीलकान्त बक्सीले निर्वाचन अभियानमा मनोज तिवारीको अनुहार प्रयोग गरेबाट आप आफैले तिवारी केजरीवालभन्दा बढी लोकप्रिय भएको स्वीकारेको बताए । 
आपले हालसम्म यस प्रकरणमा कुनै प्रतिक्रिया दिएको छैन । 

दिल्ली विधान सभाको लागि फेब्रुअरी ८मा चुनाव हुने समय तालिका प्रकाशित भइसकेको छ । मतगणना फेब्रुअरी ११ मासुरु हुनेछ । 

निर्वाचन आयोगले चुनावी समय–तालिका घोषणा गरेसँगै जनवरी ६बाट निर्वाचन आचार–संहिता पनि लागू भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप