आम आदमी पार्टीले चुनावी गीतमा आफ्नो नेता देखाएको भन्दै भाजपाले हाल्यो पाँच अर्ब भारुको मानहानी मुद्दा
नयाँदिल्ली । भाजपाको दिल्ली इकाईले आइतबार आम आदमी पार्टी(आप)विरुद्ध पाँच अर्ब भारुको मानहानीको मुद्दा दायर गरेको छ ।
आपले आफ्नो ट्वीटरमा सार्वजनिक गरेको एक चुनावी गीतको भिडियो दिल्लीका भाजपा अध्यक्ष मनोज तिवारीका नाचिरहेका देखिन्छन् ।
गीतको भिडियो मनोज तिवारीका गीतका टुक्रालाई जोडेर बनाइएको देखिन्छ । मनोज तिवारी चर्चित भोजपुरी गायक र नायक पनि हुन् ।
‘आपलाई आफ्नो चुनावी गीतमा मेरो भिडियो राख्ने अधिकार कसले दियो ?’ तिवारीले प्रश्न गरे ।
भाजपाले पनि ट्वीटरमा एक भिडियो पोष्ट गरेको छ जसमा दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालजस्ता देखिने व्यक्ति व्यंग्यात्मक प्रस्तुति गरिरहेका देखिन्छन् ।
दिल्लीका भाजपा अध्यक्ष मनोज तिवारीले आपका प्रमुख र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल फेब्रुअरी ८ को विधानसभा चुनाव हार्ने सम्भवनालाई लिएर भयभित भइसकेको बताए ।
तिवारीले भिडियोबारे निर्वाचन आयोगमा उजुरी गरिसकेको र मानहानी तथा बौद्धिक सम्पति अधिकार अन्तर्गत ५ अर्ब भारुको क्षतिपुर्ति माग गरेको बताए ।
दिल्ली भाजपाका मिडिया सम्बन्ध प्रमुख नीलकान्त बक्सीले निर्वाचन अभियानमा मनोज तिवारीको अनुहार प्रयोग गरेबाट आप आफैले तिवारी केजरीवालभन्दा बढी लोकप्रिय भएको स्वीकारेको बताए ।
आपले हालसम्म यस प्रकरणमा कुनै प्रतिक्रिया दिएको छैन ।
दिल्ली विधान सभाको लागि फेब्रुअरी ८मा चुनाव हुने समय तालिका प्रकाशित भइसकेको छ । मतगणना फेब्रुअरी ११ मासुरु हुनेछ ।
निर्वाचन आयोगले चुनावी समय–तालिका घोषणा गरेसँगै जनवरी ६बाट निर्वाचन आचार–संहिता पनि लागू भएको छ ।
#LageRahoKejriwal song is so good even sir @ManojTiwariMP is also dancing on it. pic.twitter.com/Ye3077PMK4
— AAP (@AamAadmiParty) January 11, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण