विदेशिनेभन्दा स्वदेशिने रकम बढी
भ्रमणबापत नेपालबाट विदेशिने रकमको बढ्दो प्रवृत्ति बदलिएको छ । विगतमा हरेक वर्ष यस्तो रकम निरन्तर बढिरहेकोमा चालू आर्थिक वर्षको पाँच महिनामा भने यसमा परिवर्तन देखिएको हो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिसम्म यस्तो रकम विगतको तुलनामा करिब १० अर्ब रुपियाँले घटेको छ । गत आवको मङ्सिरसम्म भ्रमण शीर्षकबापत ४१ अर्ब ३३ करोड रुपियाँ बाहिरिएकोमा यस वर्ष ३१ अर्ब ५१ करोड रुपियाँ भ्रमणमा बाहिरिएको हो ।
अर्थात् विगतको तुलनामा रकम बाहिरिने यस्तो दर अहिलेसम्म २३.७ प्रतिशतले घटेको छ । भ्रमण शीर्षकमै नेपाल भित्रने रकम भने बढेको छ । पाँच महिनासम्म यो शीर्षकमा ३६ अर्ब ८४ करोड रुपियाँ नेपाल भित्रिएको छ । गत आवमा यस्तो रकम ३२ अर्ब ४८ करोड रुपियाँ थियो ।
यस हिसाबले यो १३.४ प्रतिशतले बढी हो । यति मात्र होइन भ्रमणबापत विदेशिनेभन्दा स्वदेशिने रकम पनि चालू आवमा बढी देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटका लागि राष्ट्र बैंकको सुझाव- कृषि बाहेकका सहुलियतपूर्ण कर्जा कार्यक्रम स्थगन गरौँ
-
नीति तथा कार्यक्रमबारे ओलीलाई सभामुखको टेलिफोन
-
विश्वमा चिप उद्योगमा लगानी बढ्दै
-
मास्टर सेफ सन्तोष साहले ललितपुरमा खोले 'मिथिला थाली' रेस्टुरेन्ट
-
अनेरास्ववियुको विद्यार्थी महोत्सवको तयारी पुरा, १ लाखले अवलोकन गर्ने अपेक्षा
-
उद्योगमन्त्री भण्डारीले भेटे चिनियाँ व्यवसायी, नेपालमा लगानी बढाउन आग्रह