कोरोना भाइरसको प्रभाव: चीनबाट ३२३ जना भारतीयको उद्धार
नयाँदिल्ली । एयर इन्डियाको दोस्रो विशेष विमानले चीनको उहानबाट ३२३ जना भारतीय र सात जना माल्दिभ्सका नागरिकको आइतबार उद्धार गरेको छ । कोरोना भाइरसका कारण उद्धार गरिएका कूल भारतीयको संख्या ६४७ जना पुगेको छ ।
उहानबाट आइतबार बिहान ३.१० मा उडेको एयर इन्डियाको विमान नयाँदिल्लीमा अवतरण गरेको थियो । आफ्ना नागरिकको उद्धार गर्न मद्दत गरेको भन्दै माल्दिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेका थिए ।
चीनको उहान कोरोना भाइरसका कारण सर्वाधिक जोखिममा रहेको छ । गत डिसेम्बरबाट फैलिएको यस भाइरसका कारण चीनमा मात्र ३०४ जनाको मृत्यु भइसकेको छ ।
चीनबाट उद्धार गरिएका अधिकांश व्यक्ति विद्यार्थी रहेका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण व्यापक रहेकाले विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण