सबै बैंकहरुलाई राष्ट्र बैंकको पत्र: बालुवाटारको जग्गामा दिएको ऋणको विवरण तत्काल दिनु
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैकहरुलाई बालुवाटारको सरकारी जग्गा धितोमा ऋण लिएको भए त्यसको विवरण पठाउन पत्र लेखेको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागले बिहीबार सबै बैंकहरुलाई पत्र लेख्दै त्यसरी ऋण प्रवाह गरेको भए त्यसको अवस्था र रकमको बारेमा राष्ट्र बैंकमा विवरण पठाउन निर्देशन दिएको हो । बैंकका प्रवक्ता गुणाकर भट्टले त्यसरी पत्र लेखेको जानकारी दिँदै बैंकहरुबाट विवरण आएपछि अरु प्रक्रिया सुरु हुने बताए ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गर्ने, त्यस्तो जग्गा आफ्नो नाममा ल्याउने तथा त्यसरी प्रत्यक्ष रुपमा संलग्न नभए पनि अहिले जग्गा आफ्नो स्वामित्वमा रहेका व्यक्तिहरुलाई जग्गा जफत गर्ने सम्बन्धमा भन्दै ३ तहको मुद्दा दायर गरेको थियो । साथै सो क्षेत्रमा पर्ने जग्गा धितोमा राखेर करिब साढे २ अर्ब रुपैंया कर्जा प्रवाह भएको भन्दे त्यसरी ऋण दिने बैंकहरुलाई कारबाही गर्न नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने निर्णय पनि गरेको थियो ।
नेपाल राष्ट्र बैंक बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले अख्तियारले अहिलेसम्म राष्ट्र बैंकलाई बैंकहरुलाई त्यस्तो व्यहोराको पत्र नपठाएको भन्दै बाहिर आएका खबरहरुकै आधारमा बैंकहरुसँग त्यस्तो विवरण मागेको जानकारी दिए । ‘हामीले यथाशिघ्र विवरण पठाउन भनेका छौं, २/३ दिनभित्र सबै बैंकहरुबाट त्यस्तो जानकारी आउँछ’, उनले भने – ‘त्यस्तो अवस्थामा ऋणीहरुलाई अर्को धितो राख्न लगाउने वा ऋण चुक्ता गर्न लगाउने विकल्प रहन्छ, अब त्यो धितोले ऋणको सुरक्षा गर्न सक्दैन ।’
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार अख्तियारले पत्र पठाए पनि बैंकहरुलाई गर्ने कारबाही भनेको त्यसरी धितोमा गएको ऋणको अर्को धितो नआए वा सम्बन्धित ऋणीले ऋण चुक्ता गरे आवश्यक प्रोभिजनिङ गराउने मात्रै हो । ‘बैंकहरुले ऋण प्रवाह गर्दा बैंकहरुको गलत नियत रहेको देखिँदैन । गलत नियत नभई हुन गएको काममा अरु कारबाही गर्ने भन्ने हुँदैन, त्यो कर्जालाई खराब कर्जा मानेर प्रोभिजनिङ गराउने मात्रै हो’ बैंकका एक उच्च अधिकारीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण