आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले सिन्धुपाल्चोकको जुगलमा स्वास्थ्यकर्मीको टोली पठाउँदै

बुधबार, २९ माघ २०७६, १८ : ३९
बुधबार, २९ माघ २०७६

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रुघाखोकीको संक्रमण तिव्रगति फैलिन थालेपछि सरकारले स्वास्थ्यका परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको हो ।

माघ २३ गतेदेखि जुगल गाउँपालिकामा रुखाखोकीको संक्रमण देखापरको थियो । मंगलबारदेखि रुघाखोकी तिव्ररुपमा फैलिन थालेपछि  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाउन लागेको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

स्वास्थ्यकर्मीहरुको टोलीले केही बिरामीको स्याम्पल संकलन गरी  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने समेत उनले बताए । स्याम्पल परीक्षणपछि के भएको हो भन्ने कुरा प्रस्ट भन्न सकिने उनले बताए । श्रेष्ठले त्यहाँ देखिएको रुघाखोकीका बिरामी सामान्य अवस्थामा रहेको बताए ।

मौसमी रुघाखोकी  र नोबेल कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले कोरोना भाइरसको अनुमान गरेर डराउन नहुने उनको भनाइ छ । हालसम्म उक्त गाउँपालिकामा २ सयभन्दा बढीमा रुघाखोकीको संक्रणम देखिएको छ । स्थानीय बासिन्दलाई बारम्बार साबुन पानीले हात धुन र मास्कको प्रयोग गर्न समेत श्रेष्ठले आग्रह गरे ।

बिहीबार बिहानसम्म स्वास्थ्यकर्मीहको टोली खटाइ थप अनुसन्धान गरिने उनले बताए । यसअघि पनि बाजुरा र बझाङमा रुघाखोकीको समयस्या देखिएको थियो ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले सरकारसँग विशेष टोली खटाइदिन माग गर्दै बुधबार विज्ञप्ति जारी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप