सरकारले सिन्धुपाल्चोकको जुगलमा स्वास्थ्यकर्मीको टोली पठाउँदै
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रुघाखोकीको संक्रमण तिव्रगति फैलिन थालेपछि सरकारले स्वास्थ्यका परीक्षणका लागि स्वास्थ्यकर्मीहरुको टोली पठाउने निर्णय गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय गरेको हो ।
माघ २३ गतेदेखि जुगल गाउँपालिकामा रुखाखोकीको संक्रमण देखापरको थियो । मंगलबारदेखि रुघाखोकी तिव्ररुपमा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको टोली पठाउन लागेको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
स्वास्थ्यकर्मीहरुको टोलीले केही बिरामीको स्याम्पल संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने समेत उनले बताए । स्याम्पल परीक्षणपछि के भएको हो भन्ने कुरा प्रस्ट भन्न सकिने उनले बताए । श्रेष्ठले त्यहाँ देखिएको रुघाखोकीका बिरामी सामान्य अवस्थामा रहेको बताए ।
मौसमी रुघाखोकी र नोबेल कोरोना भाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले कोरोना भाइरसको अनुमान गरेर डराउन नहुने उनको भनाइ छ । हालसम्म उक्त गाउँपालिकामा २ सयभन्दा बढीमा रुघाखोकीको संक्रणम देखिएको छ । स्थानीय बासिन्दलाई बारम्बार साबुन पानीले हात धुन र मास्कको प्रयोग गर्न समेत श्रेष्ठले आग्रह गरे ।
बिहीबार बिहानसम्म स्वास्थ्यकर्मीहको टोली खटाइ थप अनुसन्धान गरिने उनले बताए । यसअघि पनि बाजुरा र बझाङमा रुघाखोकीको समयस्या देखिएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले सरकारसँग विशेष टोली खटाइदिन माग गर्दै बुधबार विज्ञप्ति जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण