शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्वः महान्यायाधिवक्ता खरेल
झापा । झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने बताए । उनले नागरिकको शिक्षा र स्वास्थको व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको औँल्याए ।
भवन निर्माणका लागि सांसद विकास कोषबाट प्रदेश सरकारले रु ५० लाख विनियोजन गरेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । ‘आगामी वर्ष थप बजेट विनियोजन गरेर निर्माण कार्य सम्पन्न गर्छौं’, उनले भने । यो वर्ष भवनको पाँच कोठा असार मसान्तसम्ममा बनाइसक्ने जनाइएको छ ।
समाजसेवी होम पाण्डे, कृष्ण पाण्डे र हरि पाण्डेले बिर्तामोड–७ मा रु दुई करोड मूल्य बराबरको नौ कट्ठा जग्गा निःशुल्क दिएपछि सोही जग्गामा भवन निर्माण शुरु गरिएको हो । उनीहरुले क्याम्पस सञ्चालनका लागि रु एक करोडको अक्षयकोषसमेत स्थापना गरिदिएका छन् । विसं २०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन सङ्काय सञ्चालनमा पठनपाठन हुँदै आएको छ भने १२५ जना विद्यार्थी अध्ययनरत छन् । हाल भवन अभावका कारण क्याम्पसको पठनपाठन वडा नं ९ मा रहेको दुर्गा माविमा हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण