छोराले क्रिकेटको ब्याट भाँचेको झोकमा आमामाथि एसिड प्रहार
बुटवल । कपिलवस्तुमा छोराले क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरि नारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा बेममतिमाथि एसिड प्रहार भएको हो ।
प्रहरीका अनुसार क्रिकेटको ब्याट भाँचेपछि क्षतिपूर्ति स्वरुप पैसा दिने क्रममा दुवै पक्षबीच हात हालाहाल भएको थियो । राति हरि नारायण बरईले बेममति देवी गुप्तालाई एसिड प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार घाइते बेममतिलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचार पश्चात भैरहवा रिफर गरिएको छ ।
ब्याट्रीको पसल सञ्चालन गर्दै आएका बरईले राति बेममतिको घरमै पुगेर एसिड प्रहार गरेको बताइएको छ । प्रहरीले उनको साथबाट ५ लिटर एसिडसमेत बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशमशेर राणाले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण