घरेलु मदिराबाट यसरी बनाउन सकिन्छ स्यानिटाइजर (भिडियो)
आइतबार, ०२ चैत २०७६, १५ : ५७
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिरहँदा यसबाट जोगिनका लागि अपनाउनु पर्ने विभिन्न सावधानीमध्येको उपायमा जनस्वास्थ्य विज्ञहरुले स्यानिटाइजरको प्रयोगलाई पनि राखेका छन् ।
तर, कोरोनभाइरसको महामारी फैलिएसँगै नेपालमा स्यानिटाइजरको अभाव सिर्जना भइसकेको छ । स्यानिटाइजरको अभाव नहोस् भनेर ललितपुर महानगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सहकार्यमा घरेलु सामाग्रीबाट सेनिटाइजर बनाउन सुरु गरिएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले अल्कोहल (रक्सी) को मात्रा ६० प्रतिशत वा सोभन्दा बढी भएका स्यानिटाइजरको प्रयोग गर्नुपर्ने सुझाव दिएको छ । त्यसैअनुसार अहिले नास्टले घरेलु रक्सी प्रयोग गरेर स्यानिटाइजर बनाइरहेको छ ।
भिडियोमा हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण