स्पेनका फुटबल प्रशिक्षकको कोरोनाका कारण २१ वर्षमा मृत्यु
स्पेनका फुटबल प्रशिक्षक फ्रान्सिस्को ग्रासियाको २१ वर्षको उमेरमा कोरोनाका कारण मृत्यु भएको छ ।
ग्रासियाले मालागामा अवस्थित एट्लेटिको पोर्टाडा अल्टाको युथ टिमको म्यानेजरको रुपमा सन् २०१६ देखि काम गर्दै आएका थिए ।
उनलाई गत हप्ता कोभिड–१९ को संक्रमण देखिएपछि उपचारका लागि मालागाको क्षेत्रीय अस्पताल पर्याइएको थियो ।
अस्पतालमा भर्ना भएपछि ग्रासियालाई ल्युकेमिया (रक्त क्यान्सर) समेत भएको पत्ता लाग्यो । रक्त क्यान्सरबाट ग्रसित उनलाई कोरोना भाइरसले थप गालेको थियो जसका कारण अन्ततः उनको ज्यान नै गयो ।
कोरोना भाइरसका कारण मृत्यु हुनेमा उनी पहिलो युवा भएको अनुमान गरिएको छ ।
एट्लेटिको पोर्टाडा अल्टाले ग्रासियको मृत्युमा एक आधिकारिक वक्तव्य सोसल मिडियामार्फत् सार्वजनिक गरेको छ, जसमा भनिएको छ, ‘हाम्रो कोच फ्रान्सिस्को ग्रासियाको परिवार, साथीभाइ तथा आफन्तमा गहिरो समवेदना प्रकट गर्छौं । उहाँले दुर्भाग्यवश हामीलाई आज छोडेर जानुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण