बिपन्न र मजदुरलाई राहत दिन नेता लेखकको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले लामो समयको लकडाउनका कारणले बिपन्न वर्ग र दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुका लागि तत्काल आर्थिक प्याकेज ल्याएर राहत दिन सरकारलाई सुझाव दिएका छन् ,
शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सम्प्रेषण गर्दै नेता लेखकले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना (कोभिड १९ )रोकथामको लागि सरकारले लकडाउन गरेर घरभित्र सुरक्षित बस्ने गरेको निर्णय सकारात्म रहेको बताए ।
सबै नागरिकले सरकारको निर्णय पालना गर्नुपर्नेमा उनले जोड दिए ।
कोरोनाको जोखिममा रहेका र संक्रमणको सम्भावना भएका सबैको स्वास्थ्य परिक्षणको लागि सरकार र सम्बन्धित निकायले आवश्यक उपकरण ,औषधिलगायतको व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराए ।
देशभरबाट नै स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउन पनि नेता लेखकको आग्रह छ ।
नेता लेखकले महामारी रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई सुरक्षित राख्न आवश्यक पोसाक, उपकरण र सामग्रीहरु उपलब्ध गराउन समेत सरकार र सम्बन्धित निकायलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण