बिपन्न र मजदुरलाई राहत दिन नेता लेखकको आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम पूर्वमन्त्री रमेश लेखकले लामो समयको लकडाउनका कारणले बिपन्न वर्ग र दैनिक ज्यालादारी गरेर बिहान बेलुकाको छाक टार्ने मजदुरहरुका लागि तत्काल आर्थिक प्याकेज ल्याएर राहत दिन सरकारलाई सुझाव दिएका छन् ,
शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सम्प्रेषण गर्दै नेता लेखकले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना (कोभिड १९ )रोकथामको लागि सरकारले लकडाउन गरेर घरभित्र सुरक्षित बस्ने गरेको निर्णय सकारात्म रहेको बताए ।
सबै नागरिकले सरकारको निर्णय पालना गर्नुपर्नेमा उनले जोड दिए ।
कोरोनाको जोखिममा रहेका र संक्रमणको सम्भावना भएका सबैको स्वास्थ्य परिक्षणको लागि सरकार र सम्बन्धित निकायले आवश्यक उपकरण ,औषधिलगायतको व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराए ।
देशभरबाट नै स्वास्थ्य परिक्षणको ब्यवस्था मिलाउन पनि नेता लेखकको आग्रह छ ।
नेता लेखकले महामारी रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको स्वास्थ्यलाई सुरक्षित राख्न आवश्यक पोसाक, उपकरण र सामग्रीहरु उपलब्ध गराउन समेत सरकार र सम्बन्धित निकायलाई सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी