न्यूयोर्कमा कोरोनाभाइरस चीनबाट होइन, युरोपबाट भित्रियो
एक नयाँ अध्ययनले अमेरिकाको न्यूयोर्क सहरमा पहिलो संक्रमित फेला पर्नुभन्दा पहिले मध्य फेब्रुअरीबाट नै कोरोनाभाइरसको संक्रमण फैलिसकेको देखाएको छ । सो क्षेत्रमा एसियाभन्दा युरोपबाट आएका यात्रुहरुले भाइरसको संक्रमण फैलाएको उक्त अध्ययनमा उल्लेख गरिएको छ ।
‘अधिकांश युरोपियन थिए,’ यसबारे अध्ययन गरेका माउन्थ सिनाईस्थित इकान स्कूल अफ मेडिसिन जेनेटिक विज्ञ हार्म भान बाकेल भन्छन् ।
न्यूयोर्क विश्वविद्यालयको ग्रोसम्यान स्कूल अफ मेडिसिनको एक छुट्टै टोलीले गरेको अध्ययनमा पनि यस्तै निष्कर्ष निकालिएको छ । उनीहरुले छुट्टै केसहरुको अध्ययन गरेका थिए । दुवै टोलीले मध्य मार्चमा न्यूयोर्कका संक्रमितबाट लिएको कोरोनाभाइरसको जीनोम (genomes) को अध्ययन गरेका थिए ।
अध्ययनले शुरुवातमा नै ब्यापक परीक्षण गरेको भए लुकिरहेको संक्रमणलाई फेला पार्न सकिने पनि तथ्य औँल्याएको छ ।
गत जनवरी ३१ राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको यात्रा गरेका विदेशी नागरिकलाई मात्र अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए ।
स्रोत : न्यूयोर्क टाइम्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण