बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किम कार्दासियनले भनिन्, ‘ट्रम्पले भन्दा मेरी चार वर्षे छोरीले राम्रोसँग चलाउन सक्छिन् अमेरिका’

शुक्रबार, १६ भदौ २०७४, १६ : १९
शुक्रबार, १६ भदौ २०७४

डोनल्ड ट्रम्प संसारका सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति हुन् । त्यसकारण उनी संसारका सबैभन्दा शक्तिशाली व्यक्तिको शीर्ष स्थानमा छन् । यति हुँदा हुँदै पनि ट्रम्प जुन कारणले चर्चामा रहिरहन्छन् त्यसले केही भिन्न कहानी बयान गर्दछ ।

उदाहरणका लागि रियालिटी टिभी स्टार किम कार्दासियनले उनीबारे केही समय अघि गरेको टिप्पणीलाई नै लिन सकिन्छ । किमले अमेरिकी राष्ट्रपतिबारे यस्तो बयान दिएकी छिन् जसले तपाईंलाई अचम्मित बनाउनेछ । उनका अनुसार उनकी चार वर्षीया छोरी नर्थ वेस्टले अमेरिकालाई ट्रम्पले भन्दा राम्रोसँग चलाउन सक्छिन् भनी टिप्पणी गरेकी छिन् । यद्यपी, किमले यस्तो ठट्यौली पारामा भनेकी थिइन् ।

कहाँ, कहिले र कोसँग भनिन् किमले ?

डेलीमेलका अनुसार ३६ वर्षीया किमले हार्पर बजारको पत्रिका अरबियाको सेप्टेम्बरको अंकका लागि दिएको अन्तर्वार्तामा ह्वाइट हाउसका लागि आफ्ना रुचीका बारेमा बताइन् । किमले भनिन्, ‘अहिलेका राष्ट्रपतिले नभई अमेरिकालाई अन्य जो कोहीले पनि राम्रोसँग चलाउन सक्छन् । मेरी छोरी यसका लागि उत्कृष्ट हुनेछिन् ।’

अमेरिका बारे यस्तो सोच्छिन् किमः

किमले यो पनि भनिन्, ‘हामी जुन ठाउँमा छौं र हामीसँग जे कुरा छ, जसका कारण हामीलाई आफ्नो देशमा गर्व छ, त्यो पाउनका लागि हामीले कडा मेहनत गरेका छौं । यस्तोमा पछाडि फर्कनु निकै निराशाजनक हुनेछ ।’ उनी थप्छिन्, ‘हरेक दिन जे भइरहेको छ, त्यसमा तपाईं विश्वास गर्न सक्नुहुन्न र अर्को दिन फेरि नयाँ कुरा हुन्छ जुन पहिलेभन्दा पनि धेरै मूर्खतापूर्ण र दुःखद हुन्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप