अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
सोमबार, ०८ वैशाख २०७७, ११ : ३४
कैलाली – कैलालीमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
मोहन्याल गाउँपालिका वडा नं ३ फल्ले विसौनीका चन्द्र राज गिरीको घरमा सो अवैध बन्दुक फेला परेको हो ।
अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रहरी निरिक्षक अनिस भण्डारीको टोलीले खान तलासी गर्दा सो वन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्त एंव प्रहरी नायब उपरीषक दक्ष कुमार बस्नेतले रातोपाटी लाई जानकारी दिए ।
गिरीकै घरबाट ३६.९ क्यु .फि सालको अवैध काठ पनि बरामत गरिएको उनले बताए ।
४५ बर्षिया धनसरा गिरीलाई नियन्त्रणमा लिएको र अर्का चन्द्रराज गिरी फरार भएको उनले बताए । अहिले उनको खोजी कार्य र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण