कोरोनाभाइरसः हालसम्मको थप ताजा अपडेट्स
– संसारभरी कोरोनाभाइरसबाट संक्रमितको संख्या २४ लाख ७ हजार बढी पुगेको छ । साथै यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार नाघेको छ । यसका साथै, निको भएर घर जानेको संख्या ६ लाख २५ हजार रहेका छन् ।
– आइतबार अमेरिकामा मृत्यु हुनेको संख्या ४० हजार पार भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या पूरा संसारको लगभग एक तिहाई हो । यहाँ ७ लाख ६० हजार कूल संक्रमित रहेका छन् ।
– संक्रमणको बढ्दो घटनाका बीच अमेरिकी राष्ट्रपति ट्रम्प र विभिन्न राज्यका गभर्नरबीच तनाब बढ्दै गएको छ । ट्रम्पले आफ्नो दैनिक आयोजना हुने पत्रकार सम्मेलनमा गर्भनर लकडाउनको प्रतिबन्धको विषयमा चाहिनेभन्दा बढी कडा भएको भन्दै रिस पोखेका छन् ।
– चीनमा शुक्रबार मृत्युको संख्या अचानक बढ्यो । यीमध्ये ५० प्रतिशत मृत्यु ऊहानमा भयो जहाँबाट संक्रमण सुरु भएको थियो । यद्यपि, पछिल्लो तीन दिनदेखि चीनमा कसैको पनि मृत्यु भएको छैन ।
– जापानका चर्चित संक्रमित रोग विशेषज्ञ केन्तारो इवाटाले अर्को वर्ष ओलम्पिकको आयोजना हुने कुरामा आफू कुनै पनि हालमा आशावादी नभएको बताएका छन् । कोबे युनिभर्सिटी हस्पिटलका प्राध्यापक इवाटाले भने, ‘मलाई लाग्दैन कि ओलम्पिक अर्को वर्ष पनि हुनेछ । ओलम्पिकमा सयौं देशबाट मानिसहरु आउँछन् । जापानले अर्को गर्मीयामसम्म त कोरोना संक्रमणमाथि नियन्त्रण पाउला तर सबैतिर यस्तो नहुन पनि सक्छ ।’
– इरानका राष्ट्रपति हसन रुहानीले आइतबार कोरोनाभाइरसको संक्रमणलाई दृष्टिगत गर्दै कैदीको छुट्टी एक महिनाका लागि बढाइने बताएका छन् । इरानमा हिरासतमा राखिएका एक लाख व्यक्तिलाई रिहा गरिसकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण