कोरोनाभाइरसः मंगलबार रातिसम्मको पूरा अपडेट
– संसारभरी संक्रमितको संख्या साढे २५ लाख नाघ्यो
– हालसम्म संसारभरी एक लाख ७७ हजार बढीको मृत्यु
– कोरोनाभाइरसका ६ लाख ९० हजार बढी संक्रमित निको भए
– नेपालमा मंगलबार एकैदिन कोरोनाभाइरसका ११ संक्रमित थपिए, संक्रमितको संख्या ४२ पुग्यो
– अमेरिकामा मृत्यु हुनेको संख्या ४५ हजार पार । आठ लाख बढी अमेरिकी संक्रमित ।
– इटलीमा मृत्यु हुनेको संख्या साढे २४ हजार नाघेको छ । यहाँ कूल १ लाख ८३ हजार बढी संक्रमित रहेका छन् ।
– स्पेन र फ्रान्समा मृत्यु हुनेको संख्या २० हजार पार
– भारतमा संक्रमितको संख्या लगभग २० हजार पुगेको छ । मृत्यु हुनेको संख्या ६४५ ।
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्रशासनले ६० दिनका लागि ग्रीनकार्ड जारी नगर्ने बताएका छन् । यसमा केही छुट दिइने बताइए पनि यसबारे केही स्पष्ट जानकारी उपलब्ध छैन ।
– अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताले भोलि ( बिहिबार) देखि कोरोना भ्याक्सिनको परीक्षण मानिसमा सुरु गर्नेछन् ।
– कोरोना भाइरसले अत्यधिक प्रभावित गरेको देश इटीमा लगातार दोस्रो दिन कोरोनाभाइरसका नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ । इटलीका प्रधानमन्त्री जिजेज्पी कोन्टेले ४ मेदेखि लकडाउन केही खुकुलो गरिने घोषणा गरेका छन् ।
– अस्ट्रियाका चान्सलर सेबास्टियन कुर्जले १५ मेदेखि बार र रेष्टुरेन्ट खोल्न दिइने बताएका छन् । यतिबेला कर्मचारीले मास्क लगाउनुपर्ने र आगन्तुकको संख्याबारे पनि नियम बनाइने उनले जानकारी दिए ।
– फ्रान्समा लगातार १३ औं दिन कोरोनाभाइरसका नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ । पछिल्लो २४ घण्टामा यहाँ संक्रमितको संख्या ५ हजार ६ सय ८३ बाट घटेर ५ हजार ४ सय ३३ पुगेको छ । यद्यपि, यहाँ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ ।
– साउदी अरब प्रशासनले लकडाउन खुकुलो पार्नेबारे विचार गरिरहेका छन् । रमजानका कारण प्रशासनले मानिसहरुलाई अत्यावश्यक सामान खरिद गर्नका लागि केही छुट दिनेबारे विचार गरिरहेका छन् । सोमबार राती साउदी प्रशासनले रमजानलाई मध्यनजर गर्दै पवित्र स्थल मक्का र मदिनामा नमाजका लागि राहत दिने घोषणा गरेको छ ।
– विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस चीनको प्रयोगशालामा पैदा भएको भन्ने दाबीलाई खारेज गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण