अमेरिकामा पहिलो पटक दुई घरपालुवा बिरालोमा भेटियो कोरोना संक्रमण
बिहीबार, ११ वैशाख २०७७, ११ : ३५
अमेरिकाको न्यूयोर्कमा दुई घरपालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संघीय अधिकारीले बुधबार यसबारे जानकारी दिँदै यो पहिलो घटना भएको पुष्टि गरेका छन् ।
यी दुई बिरालोलाई सास फेर्न हल्का समस्या थियो र यिनीहरु छिट्टै निको हुने आशा गरिएको छ ।
अमेरिकी डिपार्टमेन्ट अफ एग्रीकल्चर र सेन्टर फर डिजीज एण्ड प्रिभेन्सनका अनुसार यी दुई बिरालोलाई मानिसबाटै कोरोनाभाइरस सरेको हुनसक्ने आशंका छ ।
यसअघि ब्रोन्क्स चिडियघरकी एक बघिनीमा कोरोना संक्रमण देखिएको थियो । यद्यपि, कुनै जनावरमा संक्रमण देखिएको यो पहिलो घटना भने होइन । यसअघि केही जनावरमा पनि संक्रमण देखिएको थियो ।
अमेरिकी अधिकारीका अनुसार मानिस जनावरबाट संक्रमित हुनसक्नेबारे पत्ता लागेको भएपछि अहिलेसम्म पाल्तु जनावरबाट मानिसमा कोरोनाभाइरस सरिरहेको कुराको कुनै संकेत छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण