मध्य प्रदेशः ६ वर्षीया बालिकामाथि बलात्कार, दुबै आँखामा गम्भीर चोट
भारतको मध्य प्रदेशमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बालिकाको दुबै आँखामा गम्भीर चोट पनि देखिएको छ ।
घटना दमोह जिल्लाको जबेरा थाना क्षेत्र अन्तर्गत बंशीपुर गाउँको हो ।
घाइते बालिकालाई सुरुमा दमोह जिल्ला अस्पताल पुर्याइएको थियो त्यसपछि उनलाई मेडिकल कलेज जबलपुर रिफर गरियो ।
बालिकाले अभियुक्तलाई चिन्न नसकोस् भनेर उनको आँखामा क्षती पुर्याएको हुनसक्ने अनुमान गरिएको छ ।
पुलिसका अनुसार बालिका बुधबार बेलुका आफ्ना साथीसँग खेलिरहेका बेला गायब भएकी थिइन् ।
बालिकाको रातभरी खोजी गरियो तर बिहिबार बेलुका बालिकालाई एक सुनसान स्थानमा भेटिएको थियो । उनको दुबै हात बाँधिएको थियो ।
दमोह पुलिस अधिक्षक हेमन्त चौहानले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘बालिकाको शरीरको अन्य भागमा पनि चोट देखिएको छ । यो मामलामा सचिन सेन नामका एक व्यक्तिलाई पक्राउ गरिएको छ जसको उमेर २१ वर्ष हो ।’
पुलिसले उनीसँग सोधपुछ गरिरहेका छन् ।
बालिकाको आँखा पूर्ण रुपमा खराब भए नभएको अहिले नै थाहा पाउन मुश्किल भएको हेमन्त चौहानले बताए ।
उनले भने, ‘उनको दुबै आँखा सुन्निएको छ जसमार्फत् थाहा हुन्छ कि उनको आँखामा कति धेरै क्षती पुर्याइएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण