इन्डोनेशियामा रमजानको क्रममा टुट्यो सरकारको निर्देशन
इन्डोनेशियाको अचे प्रान्तमा मुसलमानको ठूलो संख्या बिहिबार राती मस्जिदमा सामूहिक नमाजमा समावेश भए । यो रमजान सुरु हुनुअघिको नमाज थियो । यद्यपि धेरैजसो मानिसहरुले फेस मास्क लगाएका थिए तर सबैजना एकअर्काको निकै नजिक थिए ।
उनीहरुले इन्डोनेशियाको सरकारको निर्देशिकाको पनि उल्लंघन गरे । बीबीसी इन्डोनेशियाबाट पुतरी सराह नामका एक मुसलमानले भने, ‘कोरोनाभाइरसको डर छ तर नमाजका लागि निस्कँदा कोरोनासँग डर लाग्दैन । सबैभन्दा महत्वपूर्ण भनेको आफूलाई सफा सुग्घर राख्नु हो । हामी लगातार हात धोइरहेका छौं र मास्क पनि लगाइरहेका छौं ।’
वाहयुका नामका अर्का व्यक्तिले आफू बच्चाको करमा मस्जिद आएको बताएका छन् । उनले भने, ‘मलाई सबैजना सँगै नमाज पढ्न डर लागिरहेको छ त्यसकारण म लाइनबाट निकै टाढा छु ।’
अचेमा सिया कुअला युनिभर्सिटीमा समाज विज्ञानका प्राध्यापक मारिनी कृस्टिआनीले यहाँका मानिस सरकारको निर्देशनको तुलनामा इस्लामिक समूहको आदेश पालना गर्न ठिक सम्झे ।
अचे इन्डोनेशियाको एकमात्र इलाका हो जहाँ इस्लामिक शरिया कानूनको पालना हुन्छ । यो इलाकामा अहिले पनि कोर्रा हान्ने सजाय कायम छ । यसै मंगलबार इस्लामिक कानूनको उल्लंघनमा ६ व्यक्तिलाई कोर्रा हानिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण