कोरोनाभाइरसः सील इलाकामा भयो हत्या, दिल्ली पुलिसका लागि नयाँ अनुभव
दिल्लीको पंजाबी बाग नजिकैको मादीपुरमा शनिबार बिहान प्रहरीले एक व्यक्तिलाई श्रीमतीको हत्याको आरोपमा पक्राउ गरेका छन् ।
मादीपुर दिल्लीका ती ९२ जोनमा समावेश छ जसलाई कन्टेनमेन्ट जोन घोषित गरिएको छ ।
साथै, दिल्लीको कोभिड–१९ कन्टेनमेन्ट जोनमा हत्याको यो पहिलो घटना हो । संदिग्धले पुलिसलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको बताएपछि पुलिस उनलाई पक्राउ गर्न सील गरिएको स्थान पुगेको हो ।
पुलिस अधिकारीले घटना कन्टेनमेन्ट जोनमा भएका कारण मापदण्ड पालना गरिएको जानकारी दिए ।
एक प्रहरी अधिकारीले भने, ‘यो घटनामा थुप्रै कुरा पहिलो पटक भएको थियो । साधारणतया हाम्रा अधिकारी तत्काल् घटनास्थल पुग्छन् तर यसपटक हामीले संदिग्धलाई जोनबाट बाहिर निस्कन लगायौं । उनको प्रतिक्षा गर्यौं । त्यसपछि पक्राउ गरेर आइसोलेशनमा पठायौं ।’
प्रहरी अधिकारीका अनुसार क्राइम सीनलाई क्लियर गर्नका लागि ८ घण्टाको समय लागेको थियो । घरसम्म जाने सडक स्यानिटाइज गरियो र अनुसन्धान अधिकारीले पीपीआई किटका लागि प्रतिक्षा गरे, त्यसपछि मात्रै कोठाको अनुसन्धान गरिएको हो ।
एक फरेन्सिक टीमलाई घटनास्थलमा नै बोलाइयो । वरिष्ठ प्रहरी अधिकारीका अनुसार महिलाको कोभिड–१९ का कारण मृत्यु भएको थिएन तरपनि उनको शवलाई थुप्रै पत्रमा बेह्रिएको थियो ।
प्रहरीका अनुसार संदिग्ध राहिसुल आजमले प्रहरीलाई बिहान ३ बजेर ५६ मिनेटमा फोन गरेर आफूले घरायसी कुराले वादविवाद हुँदा श्रीमतीको हत्या गरेको बताए । महिलाको घटनास्थलमा नै मृत्यु भएको अनुमान गरिएको छ ।
प्रहरी अधिकारीले भने, ‘आजमले उनी जुत्ता व्यापरी भएको हामीलाई बताए । उनको तीन वर्षअघि विवाह भएको रहेछ । आजम र उनकी श्रीमती दुबैको यो दोस्रो विवाह हो । आजमको पहिलो विवाहबाट तीन सन्तान छन्, जबकी महिलाका ६ सन्तान छन् । शनिबार झगडा हुँदा उनले श्रीमतीलाई लट्ठीले हिर्काउँदा उनी बेहोस भइछिन् । यसो छामछुम पार्दा उनको मृत्यु भइसकेको आजमले बताए ।’
स्रोतः हिन्दुस्तान टाइम्सबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण