युद्धले जर्जर बनाएको सोमालियामा अब कोरोनाको मार
सोमालियामा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ सय ८२ बताइएको छ । यद्यपि, रेडक्रसले वास्तविक आँकडा योभन्दा बढी हुनसक्ने अनुमान गरेको छ । रेडक्रसले अर्को हप्ता यहाँ ठूलो संख्यामा संक्रमित बढ्ने अनुमानसमेत गरेको छ ।
विशेषज्ञका अनुसार सोमालियाको जर्जर स्वास्थ्य प्रणालीले ठूलो स्तरको संक्रमणलाई सम्हाल्न सक्नेछैन । यहाँको स्वास्थ्य सुविधा तीन दशकसाँ चलेको यद्धका कारण धराशायी भइसकेको छ ।
आधुनिक उपकरण त टाढाको कुरा अस्पतालमा आधारभूत सुविधासमेत छैनन् । सोमालियाका १५ प्रतिशत जनसंख्याले मात्रै स्वास्थ्य सुविधा पाउँछन् । यस्तै शहरका ५० प्रतिशत जनसंख्याले मेडिकल सुविधा लिन सक्छन् ।
डाक्टरका अनुसार सोमालियामा मानिसहरुको संक्रमणका कारण मृत्यु भइरहेको छ । यहाँका धेरैजसो मानिसहरु सघन शिविरमा बस्छन्, यस्तोमा उनीहरुका लागि समाजिक दुरीको नियम पालना गर्न असम्भव छ । सोमालीका एक ठूलो जनसंख्यासँग सफा पानी र साबुनसम्मको सुविधा छैन ।
रिपोर्टका अनुसार हरेक दिन मृतकको बढ्दो आँकडाका कारण मानिसहरुले अन्त्येष्टीका लागि पनि समस्याको सामना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण