आईएमई पेको कोरोना विरुद्धको अभियानमा अनुष्का श्रेष्ठ
सोमबार, २९ वैशाख २०७७, २१ : ५१
काठमाडौं– विश्वभर फैलिएको महामारीले विश्वका मानव जातीलाई चपेटामा पारेको अवस्थामा मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले नेपालका युवाहरुलाई महामारी विरुद्धको अभियानमा जोड्ने भएकि छिन् ।
देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आइएमई पेको सहकार्य हुनेछ । आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्ने कार्यक्रम तय भएको छ ।
शोको शिर्षक रि कनेक्टिङ रहने र यो अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आइएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुने आइएमई ले जनाएको छ ।
साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायता कोषको लागि सहयोग संकलन गरीरहेकी छिन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण