मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

आईएमई पेको कोरोना विरुद्धको अभियानमा अनुष्का श्रेष्ठ

सोमबार, २९ वैशाख २०७७, २१ : ५१
सोमबार, २९ वैशाख २०७७

काठमाडौं– विश्वभर फैलिएको महामारीले विश्वका मानव जातीलाई चपेटामा पारेको अवस्थामा मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठले नेपालका युवाहरुलाई महामारी विरुद्धको अभियानमा जोड्ने भएकि छिन् ।

देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आइएमई पेको सहकार्य हुनेछ । आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्ने कार्यक्रम तय भएको छ ।

शोको शिर्षक रि कनेक्टिङ रहने र यो अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आइएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुने आइएमई ले जनाएको छ । 

साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायता कोषको लागि सहयोग संकलन गरीरहेकी छिन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप