वीरगञ्जमा २ हजार भन्दा बढी भारतीय नागरिक अलपत्र
वीरगञ्ज। भारतले आफनै देशका नागरिकलाइ प्रवेशमा रोक लगाएपछि वीरगन्जको आइसीपीमा दुई हजार भन्दा बढी भारतीय नागरिक अलपत्र परेका छन् । नेपालका विभिन्न शहर र जिल्लाबाट वीरगन्ज आइपुगेका भारतीयलाइ स्थानीय प्रशासनले भारतीय प्रहरीसँग समन्वय गरेर भारत पठाउँदै आइरहेको छ । तर शुक्रबार एकैपटक दुई हजार भन्दा बढी भारतीय आइसीपी नाकामा पुगेको र तीमध्ये ५ सय जनालाइ मात्रै भारतीय पक्षले जिम्मा लिएर लगेको छ ।
शुक्रबार ५ सय भन्दा बढिलाई भारतीय प्रशासनले जिम्मा लिन नमानेकाले १ १५ सय भन्दा बढि भारतीयहरु आइसीपीको गेट बाहिर बिहानै देखि अलपत्र परेका हुन् ।
भारतीय प्रशासनले ५ सय भन्दा बढिलाइ जिम्मा लिन नमानेकाले आइसीपीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आइसीपीको गेट बन्द गरिदिएको छ । भारत प्रवेश नपाएका भारतीयहरुले आइसिपी अगाडि होहल्ला गर्दै प्रदर्शन पनि गरेका थिए । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले शुक्रबार एक्कासी दुई हजार भन्दा बढि भारतीय आइसीपीमा पुगेकाले समस्या भएको बस्नेतले रातोपाटीलाई बताए ।

तीमध्ये ५ सय जना भारतीयलाई भारतीय प्रहरीले जिृम्मा लिएर लगेको छ , सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए बाँकीलाइ जिम्मा लिन नमानेपछि १ हजार भन्दा भारतीयहरु आइसीपीको गेटमै रोकिएका हुन् । उनिहरुलाइ क्रमश शनिवार देखि भारत पठाइनसहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण