पार्टनरको मात्रै होइन अन्य व्यक्तिको वीर्यमा पनि आकर्षित हुन्छन् महिलाका अण्डा
महिलाको अण्डा पार्टनरबाहेक अन्य पुरुषको वीर्यसँग पनि आकर्षित हुने र यसले थप राम्रो परिणाम दिने एक नयाँ अध्ययनले खुलासा गरेको छ । आइभीएफमार्फत् सन्तानको चाहना राख्ने १६ जोडीमाथि गरिएको अध्ययनले यस्तो बताएको हो ।
मंगलबार रोयल सोसाइटीको जर्नलमा प्रकाशित यो अनुसन्धानमा बेलायतको सेन्ट मेरिज अस्पतालमा प्रजनन सम्बन्धि उपचार गराइरहेका १६ जोडीको बढी भएका फोलिकुलर फ्लुड र वीर्यको स्याम्पलमाथि अनुसन्धान गरिएको थियो । सेन्ट मेरिज अस्पतालको यो अनुसन्धानका वरिष्ठ लेखक तथा म्यानचेस्टर युनिभर्सिटी एनएचएस फाउन्डेशन ट्रस्टका प्राध्यापक डेनियल ब्रिसनका अनुसार महिलाको अण्डा उनको पार्टनरसँग मात्रै आकर्षित हुने अनुमान गरिन्छ ती अन्य पुरुषको वीर्यतर्फ पनि आकर्षित हुने तथ्य फेला परेको छ ।
अण्डा र वीर्यको अनुकूलताले आइभीएफमार्फत् बच्चा जन्मने प्रक्रियालाई प्रभावित गर्छ ।
महिलाको अण्डाले केमोट्र्याक्ट्यान्ट्स नामको रसायन श्राव गर्छ जसले वीर्यका लागि सिग्नलको काम गर्दै गर्भ बस्नलाई प्रोत्साहित गर्छ । तर केही महिलामा यहि रसायन पार्टनरको तुलनामा अन्य पुरुषको आकिर्षत भएर राम्रो नतिजा दिने गर्छन् ।
स्विडेनको स्टकहोम युनिभर्सिटीका सह–प्राध्यापक जोन फित्ज्प्याट्रिकका अनुसार महिलाको शरीर आफैंले त्यस्तो वीर्य छान्ने गर्छ जुन सन्तान उत्पादनका लागि अनुकूल हुन्छ, जुन राम्रो गुणस्तरको र भाग्यमानी हुन्छ ।
उनका अनुसार यौनसम्बन्ध स्थापित गरेपछि फ्यालोपियन ट्युबमा मात्र २५० वीर्य प्रवेश गर्छन् । यीमध्ये २५ वटा यस्ता वीर्य हुन्छन् जुन अण्डासँग मिल्ने गर्छ
यो अनुसन्धानले सन्तान उत्पादन गर्न समस्या भइरहेकाहरुलाई निकै हदसम्म सहयोग गर्ने अनुमान गरिएको छ ।
अनुसन्धानका लागि ६० महिलाको ‘एग फ्लुड’ लिइयो । साथै उनका पार्टनरको स्याम्पल पनि लिइयो । वीर्य ‘एग फ्लुड’ सम्म पुग्नका लागि एक मिनेटभन्दा कम समय लाग्यो ।
साथै विशेषज्ञले एक जोडीको वीर्य र अण्डालाई अर्को जोडीसँग सम्मिलित गर् । यसमार्फत् महिलाको अण्डा अन्य पुरुषको वीर्यतर्फ बढी आकर्षित भएको पत्ता लाग्यो ।
स्रोतः सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण