रौतहटको झाँझ नदीमा एक बालक बेपत्ता
रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन् । ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
सँगै नुहाउन गएका ३ जना बालक मंगलबार दिउँसो उक्त नदीमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जनालाई सकुशल उद्दार गरेको र सुरज बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो केही दिनदेखि वर्षासँगै रौतहटका नदी खोलामा बाढी समेत आउन सुरु भएको छ । बाढी आउने मौसम सुरु भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै आआफ्नो बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय घटना हुन नदिन जिल्लाबासिलाई आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलाधार व्यवस्थापन अधिकृत पालविरुद्ध मुद्दा दायर
-
तयार भयो ‘बोर्डर २’को स्क्रिप्ट
-
डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न सरकारसँग कांग्रेसको माग
-
३७०० फिट उचाइमा रहेका पर्यटकहरू १ घण्टासम्म यस्तो अवस्थामा
-
द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिन्छ : प्रधानमन्त्री
-
आज जेलबाट बाहिर आउलान् अरविन्द केजरीवाल ?