रौतहटको झाँझ नदीमा एक बालक बेपत्ता
रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ डुमरिया गाउँ छेउमा रहेको झाँझ नदिमा एकजना बालक बेपत्ता भएका छन् । ३ जनाको समूहमा नुहाउन गएका मध्ये १ बालक नदीमा बगेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा स्थानीय मुकेश पाश्वानको १० बर्षिय छोरा सुरज पाश्वान नदिमा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।
सँगै नुहाउन गएका ३ जना बालक मंगलबार दिउँसो उक्त नदीमा बेपत्ता भएका थिए । लगत्तै स्थानीय र प्रहरीको टोलिले २ जनालाई सकुशल उद्दार गरेको र सुरज बेपत्ता भएको डिएसपी महतोले जानकारी दिए । बेपत्ता बालकको खोजी भैइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो केही दिनदेखि वर्षासँगै रौतहटका नदी खोलामा बाढी समेत आउन सुरु भएको छ । बाढी आउने मौसम सुरु भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै आआफ्नो बालबालिकालाई निगरानी गर्न र कुनै अप्रिय घटना हुन नदिन जिल्लाबासिलाई आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण