मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
सोमबार, २२ असार २०७७, १६ : १६
काठमाडौँ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । असार १ गते नै सरकारले निर्देशन जारी गरेपनि कार्यान्वयन नभएकाले रिमाइन्ड मात्र गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बताए ।
उनले भने, ‘प्रहरी प्रधान कार्यालय र सिडिओ कार्यालयलाई थप प्रभावकारी बनाउन भन्दै रिमाइन्ड गरिएको हो । यो अहिले गरिएको निर्णय नभइ पुरानै हाे ।’
एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएपनि कार्यान्वयन नभएको प्रवक्ता शर्माको भनाइ थियो । सोही अनुरुप निर्देशन गरिएको शर्माले बताए ।
निर्देशन अवज्ञा गर्नेमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने शर्माले जानकारी दिए । यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण