निर्देशक दीपेन्द्र भने, ‘राजेश, भुवन र शिवले कालजयी फिल्म खेल्न बाँकी छ’
काठमाडौं । अभिनेता राजेश हमालको ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि यतिबेला निर्देशक कलाकार दीपाश्री निरौला विवादमा घेरिएकी छन् ।
संसारमा कहीँपनि ‘महानायक’को स्पष्ट परिभाषा नभएकोले राजेश हमाललाई नै जबर्जस्ती रुपमा ‘महानायक’ मान्नु पर्ने आधार नभएको एकथरीको रहेको छ भने अर्काथरी राजेश हमालले पु¥याएको योगदानको सम्मानमा ‘महानायक’ मानिनु पर्ने बताउँछन् ।
निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले राजेश हमाललाई ‘महानायक’ मान्ने वा नमान्ने विषयमा फरक मत राखेका छन् । उनको बिचारमा अहिलेसम्म नेपाली फिल्म क्षेत्रमा ‘महानायक’को उपाधिका हकदार जन्मिएका छैनन् ।
लामाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘पत्रकार मित्र कुसुम भट्टराइले राजेश हमाल होइन भुवन केसी महानायक हुन् भनेर लेख्नुभएछ । हो राजेश हमालका भन्दा भुवन केसीका फिल्म तैबिसेक राम्रा छन् । तर मेरो बिचारमा राजेश, भुवन र शिव श्रेष्ठ कोही पनि महानायक होइनन् । उनीहरु आफ्नो जमानाका सफल अभिनेता हुन् ।’ उनले अगाडि थपेका छन् ‘ तीनै जनाले कालजयी फिल्म खेल्न बाकी रहेको छ’ इतिहासको समीक्षा गर्न र सत्य बोल्न किन डराउने ?।’
गतवर्ष सुपरहिट फल्म ‘छ माया छपक्कै’ दिएका निर्देशक लामाको यो भनाइलाई कतिपयले सही भनेका छन् भने कतिपयले दीपाश्री निरौलाको पक्ष लिएर नुनको सोझो गरेको आरोप समेत लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण