सुस्ता गाउँमा बाढी पस्यो (तस्बिरहरु)
परासी । नारायणी नदीको बाढी पसेपछि सुस्ता गाउँनै डुबानमा परेको छ । नारायणी नदीमा खतराको चिन्हभन्दा २ मिटर पानी सतह बढेपछि सुस्ता गाउँमा बाढी पसेको हो ।
नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ सुस्ता गाउँमा रातिनै नदीको बाढी पसेपछि केही कच्ची घर भत्किसकेको छ गाउँको ९० प्रतिशत घरहरु डुबानमा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।
उनका अनुसार बाढीको पानी जमिनको सतह भन्दा १ मिटर माथि भएर बगिरहेकोले सशस्त्र प्रहरी क्याम्प, प्रहरी चौकी, विद्यालय सहित अधिकांश घरहरु डुबानमा परेका छन् । अग्लो ठाउँमा रहेका २५ घर बाहेक सबै घरहरु डुबानमा परिसकेको उनले बताए । सुस्तामा कुल २६५ घरधुरी रहेको छ ।
सुस्ता गाउँमा राति नै बाढी पसेकाले गाउँलेहरु त्रसित हुँदै घरको छतमाथि जागाराम भइ रात विताएको उनले बताए । अहिले बर्षा र पानी झनै बढदै गएको छ । बाढीका कारण खाद्यान्न लगायतका सर–सामानको जोहो गर्न एकदमै कठिनाई भैरहेको र हिँलडुल गर्न पनि समस्या भैरहेको सुस्ताबासी बताउँछन् । बाढीले घरहरु डुबानमा परेपछि सुस्ताबासीलाई खाना पकाउने र खाने समेतको समस्या उत्पन्न भएको छ ।
नारायणी (गण्डक) नदीले घेरिएको सुस्तामा पुग्न डुंगा बाहेक एक मात्र बाटो भारतको विहारी जंगल रहेको छ । तर अहिले त्यो बाटोमा पनि बाढीको पानीले अवागमन ठप्प भएको छ । यता नदीमा पानीको उच्च बहावले डुंङ्गा पनि तार्न नमिल्ने भएकाले सुस्ताबासीहरु अलमलमा परेका छन् ।
समयमै उद्दार गर्न सुस्ताबासीहरु सम्बन्धित निकायलाई गुहारेका छन् । सुस्ताबासीहरुको समयमै उद्दार हुन सकेन भने ठुलो धनजनको क्षति हुन सक्ने उनीहरुको भनाइ छ ।
अविरल बर्षाले नदीमा आएको बाढी सुस्ताको उत्तर तर्फबाट तटबन्ध हुन नसकेको क्षेत्रबाट गाउँमा पसेको हो ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण