कोरोनाले गर्दा फिल्म छायाँकनमा जान हतार गर्नु हुँदैनः दीपेन्द्र
काठमाडौैं । कोरोनाका कारण सरकारले गरेको लकडाउन पछिल्लो समय केही खुकुलो भएको छ । लकडाउनमा बन्द भएका प्रायः सबै क्षेत्र खुलिसके पनि चलचित्र क्षेत्र भने अझै खुल्न सकेको छैन । चलचित्रकर्मीहरुले यो क्षेत्र पनि खोलिनु पर्ने आवज उठाइरहेका छन् ।
सरकारले चलचित्र क्षेत्र खेल्न बाकी राखेपनि अहिले केही चलचित्रकर्मी नयाँ फिल्म छायाँकनको तयारीमा जुटेका छन्, भने केही लकडाउन अगाडि अधुरो रहेको फिल्म पुरा गर्ने सुरसारमा छन् ।
तर, निर्देशक दीपेन्द्र लामा भने कोरोनाको कहर अझै सहज अझै नभएकोले फिल्म छायाँकनमा जान हतारो गर्न नहुने बताउँछन् ।
‘कोरोनाको कहर दिन प्रतिदिन बढ्दो छ । यस्तो अवस्थामा फिल्म छायाँकनमा निस्किनु उपयुक्त हुँदैन’ लामाले भने ‘पहिले कोरानाको डर सकिनु पर्यो । स्कुल, कलेज खुल्नु पर्यो । अनिमात्र छायाँकनमा निस्किनु उपयुक्त हुन्छ ।’
फिल्म लागि ठुलै मेनपावर प्रयोग हुने भएकोले पनि अहिलेको समय फिल्म छायाँकनको लागि उपयुक्त नहुने तर्क लामाको रहेको छ ।
लामाको फिल्म ‘दुई नम्बरी’ पनि लकडाउनका कारण रोकिएको छ । यो फिल्म पुरा गर्न हतारो गरेर आफु कलाकार तथा प्राबिधिकको जीवन माथि खेलबाड नगर्ने लामाले सुनाए ।
लकडाउन अगाडि फिल्म ‘२ नम्बरी’को छायाँकन पोखरामा चल्दै थियो । आधाआधी पुरा नहुँदै लकडाउनका कारण फिल्मको छायाँकन रोकिन पुग्यो ।
लकडाउन केही साता त होला नि भनेर फिल्म युनिट छायाँकनको सम्पूर्ण इकुप्मेन्ट पोखरामै राखेर काठमाडौं फर्किएको थियो ।
‘२ नम्बरी’ दयाहाङ राई, पल शाह, बर्षा राउत र भुटानी अभिनेत्री उगेन छोदेन लगायतको मुख्य अभिनय रहने फिल्म हो । जसका लेखन पनि निर्देशक लामाले नै गरेका हुन् । फिल्मको रिलिज मिति यसै वर्षको जनै पूर्णिमा बताइएको थियो ।
तर, समयमा छायाँकन पुरा हुन नसकेपछि रिलिज मिति समेत सर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण