क्यान्सरबाट बचिन् तर हृदयघातले लियो नायिकाको ज्यानः हुनेछैन अन्तिम संस्कार
बलिउडमा बिवी राधाको नामले चर्चित फिल्म नायिका विजय राधाको आइतबार निधन भयो । करिब ३ सय फिल्ममा काम गरिसकेकी कन्नड नायिका राधाको ७० को उमेरमा एक नीजि अस्पतालमा उपचार चलिरहेको थियो । यसैबिच उनको स्वास्थ्य खराब भयो र हृदयघातका कारण उनको निधन भयो । मृत्युपछि राधाको शवलाई उनको बेंगलुरुस्थित उनको घर लगियो ।
मेडिकल कलेजलाई दान दिइनेछ राधाको शवः
परिवार र आफन्तले अन्तिम पटक हेरेपछि राधाको शरिरलाई एक मेडिकल कलेजमा दान दिइनेछ ।
आफ्नो अन्तिम संस्कार नगरी शवलाई दान दिन उनले आफ्नो घर परिवारलाई बताएकी थिइन् ।
उनका श्रीमान् र फिल्म निर्माता केएसएल स्वामीको शव पनि मेडिकल कलेजलाई अनुसन्धानका लागि दान गरिएको थियो ।
क्यान्सरसँग पनि लडिसकेकी छिन् राधाः
रिपोर्टलाई मान्ने हो भने राधालाई यसपटक हृदयघातका कारण अस्पतालमा भर्ना गरिएको थियो ।
केही दिनसम्म अस्पतालमा बसेपछि पनि उनको स्वास्थ्यमा केही सुधार आएको थिएन र आइतबार उनको मृत्यु भयो ।
स्मरण रहोस्, राधालाई केही वर्ष पहिले क्यान्सर भएको थियो जसमाथि उनले पूर्ण रुपमा जित हाँसिल गरेकी थिइन् ।
राजकुमारसँग गरिन् डेब्यूः
राजलक्ष्मी उर्फ राधा लक्ष्मीले आफ्नो अभिनयको सुरुवात कन्नड फिल्म ‘नभकोटी नारायण’ (सन् १९६४) बाट गरेकी थिइन् ।
यो फिल्ममा उनका अपोजिटमा साउथका निकै चर्चित राजकुमार थिए ।
उनले आफ्नो फिल्म करियरमा करिब ३ सय फिल्ममा काम गरे ।
राधाले लगभग २ सय ५० कन्नड फिल्ममा अभिनय गरिन् । अन्य फिल्म उनको तमिल, तेलुगु, मलयालम र हिन्दी रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण