विद्यार्थीको कोरोना बीमा गर्न अनेरास्ववियुको माग
काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियुले विद्यार्थीको कोराना बीमा गर्न माग गरेको छ ।
अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बीमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बीमा गर्न माग गरेको हो ।
त्रिभुवन विश्वविद्यालयका परिक्षा नियन्त्रक पुष्पराज जोशीलाई आइतबार परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सो माग गरेको हो।
कोरोना महामारी, लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अवस्थामा विश्वविद्यालयले निकालेको परिक्षा सम्बन्धी सूचना सम्बन्धमा आज अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो।
जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको कार्कीले वताए । त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने वताए ।
लामो दुरीका यातायातका साधन भाद्र १ गतेबाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण