उद्योग नवीकरणका लागि ३० दिनको म्याद दिइयो
काठमाडौं । उद्योग विभागले कोभिड–१९ का कारण गत चैत्र ११ गतेदेखि कारोबार बन्द भएका र पेटेण्ट, डिजायन तथा ट्रेडमार्कको नवीकरण नभएका उद्योग, फर्म तथा कम्पनीहरुलाई नवीकरण गर्न अनुरोध गरेको छ । त्यसका लागि विभागले ३० दिनको म्याद दिएको छ ।
मंगलबार बसेको विभागको बैठकले उद्योग, कम्पनी तथा फर्महरुको व्यवसायीक उत्पादन अनुमतिको समयावधि थपसम्बन्धी नवीकरण कर चुक्ताको सम्बन्धमा ६ वुदे निर्देशन जारी गर्दै यस्तो निर्णय गरेको हो ।
साउन ६ गते मध्यरातदेखि सरकारले लकडाउन खोल्ने निर्णय गरेसँगै लामो तथा छोटो दुरीका सार्वजनिक यातायात तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायी उडान समेत खोल्ने निर्णय गरिसकेको अवस्थामा अब लकडाउन मानिन नहुने विभागले बताएको छ ।
यसै सन्दर्भमा लकडाउन अबधिमा कुनै पनि उद्योग, फर्म तथा कम्पनीले आफ्नो उत्पादन, ब्राण्ड वा सेवाको नियम अनुसार नवीकरण नभएको भए बाटाको समयसहित ३० दिन भित्र नवीकरण गरिसक्न भनेको छ ।
यसका लागि उपत्यका भित्रका कम्पनी तथा फर्मका लागि श्रावण ८ गतेदेखि नै र उपत्यका बाहिरका कम्पनीहरुलाई भाद्र १ गतेदेखि पूर्णरुपमा लकडाउन खुल्ला भएको मानिने विभागले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण