विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ७ लाख हाराहारी
एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।
संक्रमितमध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरुमध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।
युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ । ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण