युरोपमा कोरोना महामारी दोश्रो चरणमा प्रवेश गर्ने खतरा देखियो
एजेन्सी । युरोपमा दोश्रोपटक कोरोना महामारीको खतरा देखिन थालेको छ । युरोपका जर्मनी, स्पेन, फ्रान्स, बेलायत लगायतका मुलुकहरुमा पछिल्ला दिन नयाँ केसहरु बढी देखिन थालेका छन् । जर्मनीमा ३ महिनापछि एकैदिन निकै धेरै संक्रमितहरु फेला परेका छन् भने स्कटल्याण्डको एबरडिन शहरमा कोरोना महामारी रोक्न पुनः लकडाउन घोषणा गरिएको छ ।
यी युरोपेली देशहरुमा पछिल्ला महिनाहरुमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य कमी आएको थियो । जर्मनीको रोग नियन्त्रण शाखाकाअनुसार बुधबार त्यहाँ देशभर १ हजार ४५ नयाँ संक्रमितहरु फेला परेका छन् । जर्मनीमा गत ७ मे पछि पहिलोपटक १ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका हुन् ।
जर्मनीमा गत अप्रिलमा महामारी चरम सीमामा पुग्दा हरेक दिन ६ हजारभन्दा बढी संक्रमित भेटिने गरेका थिए । यद्यपि, त्यहाँका सरकारी अधिकारीले केही दिनअघि मात्र सर्वसाधारणले भाइरसबाट जोगिन सतर्कता अप्नाइरहेको बताएका थिए । हालसम्म जर्मनीमा कुल २ लाख १३ हजार जना संक्रमित भैसकेका छन् भने ९ हजार १ सय ७५ जनाको मृत्यु भैसकेको छ । त्यस्तै स्टकल्यान्डका एक मन्त्री निकोला स्टर्जनका अनुसार त्यहाँको एबर्डीनमा नयाँ संक्रमितहरुको संख्या बढिरहेको छ । त्यसैले त्यहाँका बार, क्याफे र रेष्टुरेन्टहरु बन्द गर्ने आदेशसहित प्रतिबन्ध घोषणा गरिएको छ ।
उक्त शहरमा एकैदिन ५४ जना संक्रमित फेला परेलगत्तै उक्त कदम चालिएको हो । स्कटल्यान्डमा कुल १८ हजार ७ सय ८१ ज्नामा संक्रमण भएको छ । उता, बेलायतमा हालसम्म कम्तीमा ३ लाख ७ हजार संक्रमित देखिएका छन् । यीमध्ये ४६ हजार जनाको मृत्यु भएको छ । त्यहाँ पनि अहिले केही बढी संक्रमित देखिन थालेका छन् ।
यता, दक्षिण अमेरिकी मुलुक ब्राजिलमा फेरि ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । विश्वमा अमेरिकापछि ज्यादा कोरोना महामारीबाट प्रभावित ब्राजिलमा संक्रमितहरुको संख्या तिब्र गतिमा बढिरहेको छ । ब्राजिलमा अहिलेसम्म संक्रमणबाट २८ लाख ६० हजारभन्दा बढी व्यक्ति पीडित छन् । त्यसमध्ये ९७ हजार जनाको ज्यान गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण