बङ्गलादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट सङ्क्रमित
शुक्रबार, २३ साउन २०७७, २३ : २९
एजेन्सी । बङ्गलादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
“परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोनाभाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा सङ्क्रमण भएको पुष्टि भएको हो,” बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने ।
बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण