डब्ल्यूएचओले जारी गर्यो बालबालिकाका लागि मास्क लगाउने नयाँ नियम
विश्व स्वास्थ्य संठनले कोरोनाभाइरस महामारीमा १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने विषयमा नयाँ नियम जारी गरेको छ ।
डब्ल्यूएचओले जुन जुन देशमा वयस्कका लागि जे जस्तो नियम लागू गरिएको छ त्यहि नियम १२ वर्ष माथिका बालबालिकामा पनि लागू गर्नुपर्ने निर्देशन दिएको छ ।
शीर्ष स्वास्थ्य अधिकारीले बालबालिकाले कति मात्रामा भाइरस फैलाउँछन् भनेर स्वष्ट नभएको तर किशोर–किशोरीले झैं बालबालिकाले पनि त्यति नै भाइरस फैलाउने प्रमाण भेटिएको जानकारी दिए ।
डब्ल्यूएचओले ५ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकाले भने मास्क लगाउन नहुने बताएको छ । साथै ६ देखि ११ वर्षका बालबालिकालाई मास्क लगाउन र फुकाल्न परिवारले मद्दत गरिदिन र स्थान हेरेर उनीहरुको हेरविचार गरिदिन आग्रह गरेको छ ।
साथै, डब्ल्यूएचओले ६० वर्षभन्दा कम उमेरका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र त्योभन्दा धेरै उमेर भएकाम र अन्य रोगबाट ग्रसित व्यक्तिहरुले मेडिकल मास्क लगाउनुपर्ने जानकारी दिएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण