३ लाख ६७ हजार पाउण्डमा बिक्री भयो भेडा
विश्वकै महँगो भेडाको मूल्य कति होला ? भर्खरै ३ लाख ६७ हजार ५ सय पाउन्डमा लिलामी भएको एक भेडालाई विश्वकै सबैभन्दा महंगो मानिएको छ ।
स्कटिस नेशनल टेक्सल प्रदर्शनीका क्रममा बिहीबार यो भेडा बिक्री भएको हो । तीनजना किसानहरुले मिलेर यो भेडा किनेका छन् । भेडा किन्नेमध्येका एक जेफ एईकेनका अनुसार यस भेडालाई धेरैले आँखा लगाएका थिए । डबल डायमन्ड नामको यो भेडा विशेष भएकाले सबैको नजरमा परेको उनले बताए ।
यस भेडामा सुरुमा १० हजार पाउन्डको बोली लगाइएको थियो । त्यसपछि क्रमश मूल्य बढ्दै गयो ।
‘मलाई थाहा थियो यसलाई धेरै महंगो पर्नेवाला छ । तर, यति धेरै पर्छ भनेर सोचेको थिइँन,’ उनले भने ।
यो भेडा निकै सुन्दर छ । यसको टाउको, कपालको रंग, आँखा वरपरको रंग, खुुट्टा निकै आकर्षक रहेको उनले बताए । उनले यसलाई विश्वकै ह्यान्डसम भेडा भन्न रुचाए ।
अईकेनका अनुसार ६ महिनाको यस भेडा अब विभिन्न कृषकका गोठमा जानेछ र त्यहाँ पालिएका भेडीहरुसँग सम्पर्कमा रहनेछ । ‘आशा गरौं यो लामो समय बाँच्नेछ र जबसम्म यो स्वस्थ हुनेछ हामी यसलाई प्रजनन कार्यका लागि प्रयोग गर्नेछौं ।’
टेक्सल भेडा समाजका अनुसार अहिलेसम्म सर्वाधिक महंगो रकममा बिक्री भएको भेडा डबल डायमन्ड नै हो । यसअघि २००९ मा यस्तै एक आकर्षक भेडा २ लाख ३१ हजार पाउन्डमा बिक्री भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण