अमेरिकामा संक्रमितको संख्या ६० लाख पार, कलेजमा फैलियो संक्रमण
अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ । यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ ।
आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ । यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।
देशभरीको आँकडाको कुरा गर्ने हो भने, नयाँ संक्रमित, मृत्यु र अस्पतालमा भर्ना हुनेहरुको संख्या कम नै भइरहेको छ तर मिडवेस्टमा नयाँ हटस्पट देखिन थालेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवामा थुप्रै यस्ता काउन्टिजमा नयाँ संक्रमित देखा परेका छन् जहाँ युनिभर्सिटी र कलेजमा कक्षा चालू भएका थिए । तर कलेज खोलिएपछि संक्रमितको संख्यामा तीब्र वृद्धि देखिएको छ । यस्तोमा केही कलेज पुनः अनलाइन कक्षामा फर्किएका छन् ।
आइतबार न्यूयोर्कका गभर्नरले आफ्नो राज्यबाट विशेष दललाई ओनिओन्टामा स्टेट युनिभर्सिटी अफ न्यूयोर्क पठाइएको जानकारी दिए । सयभन्दा बढी व्यक्ति संक्रमित पाइएपछि त्यहाँ दुई हप्ताका लागि कक्षा रोकिएका छन् ।
युनिभर्सिटीका चान्सलरले भने, ‘हामीले खबर पाएका छौं कि विद्यार्थीहरुले पार्टी गरेका थिए जसमा धेरै मानिसहरुको सहभागिता थियो । तीमध्ये कोभिड–१९ को लक्षण देखिएका विद्यार्थी पनि समावेश भएका थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण