रुपन्देहीमा कोरोना संक्रमितहरुको मृत्युदर थपिँदै, बुधबार ३ जनाको मृत्यु
बुटवल । रुपन्देहीमा कोराना संक्रिमतको संख्या लगातार थपिँदै गएको छ । आज पनि रुपन्देहीका दुई अस्पतालमा उपचारत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । भैरहवाको भीम अस्पतालमा बुटवल उपमहानगरपालिका वडा नंं ६ सब्जीमण्डीका कोरोना संक्रमित ५७ बर्षीय पुरुषको मृत्यु भएको छ ।
मृतक पुरुष मुटुको रोगी भएको अस्पतालकी मेडिकल सुपरिटण्डेन्ट डा.सकुन्तला गुप्ताले जानकारी दिइन् । उनको दिउँसो आइसियुमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई बुटवलको कोरोना बिशेष अस्पतालबाट यहि १५ गते भैरहवाको भीम अस्पताल पुर्याइएको थियो ।
भीम अस्पपतालमा आज बिहान पनि नवलपरासी पश्चिम राग्राम ५ की एक ६५ वर्षीय महिलाको मृत्यु भएको थियो । त्यसैगरी आज नै कपिलवस्तुकी कृष्णनगरी ६० वर्षीया अर्की महिलाको बुटवलको कोरोना अस्पतालमा मृत्यु भएको थियो । रुपन्देहीमा कोरोना संक्रमित संख्याबृद्धिसगै मृत्युदर पनि बृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पिक आवर’मा तीन हजार २४८ मेगावाट बिजुली माग
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण