रिद्धि सिद्धि सिमेन्टद्वारा कोरोना संक्रमितलाई फलफुल र खाद्य सामाग्री वितरण

काठमाडौं । हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आइसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको लागी फलफुल र खाद्य सामाग्री वितरण गरेको छ ।
सिमेन्टले फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, र संक्रमित भई आइसोलेसनमा रहँदा पनि निरन्तर घर परिवारसँग समपर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु २०० बराबरको रिर्चाज कार्ड र एक थान तातो पानि खाने कपलगाएत बिभिन्न सामाग्री बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथि बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार रहुने बताए । त्यस्तै कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउँदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित ब्याम गर्ने हो भने कोरोना मात्रै हैन भबिस्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको समेत समुपस्थिति रहेको थियो । कार्यक्रमा बोल्दै उनले सकारात्मक सोचको विकास गर्दै सुरक्षित रहि उद्योग धन्दा ब्यापार ब्यावसाय सुचारु गर्नुपर्ने बताए ।
विभिन्न समयमा उद्योगले गरेका सामाजिक कार्यको चर्चा गर्दै हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सदासाहयताको भाबले समाजमा सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने उपाध्यक्ष राम प्रसाद न्यौपाने वडा नंम्बर ६ अध्यक्ष अर्जुन चौलागाई कर्रा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाई गौरिटार आइसोलेशन वार्डका इन्चार्ज डा. सागर काफ्ले लगाएतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीसँग सोमबार एकता गर्ने नेसपा श्रेष्ठ समुहको निर्णय
-
‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना
-
अर्जुन र विन्दुको स्वरमा पुर्वेली गीत ‘गैदिउँ भागेर’ सार्वजनिक
-
पोखरा विमानस्थल प्रकरणः रिठ्ठेपानी डाँडा कटानमा प्रेम आलेको दोहोरो संलग्नता
-
सचिवालय बैठक : शंकरको कानेखुसीपछि अनेरास्ववियुमा ३२ वर्षे उमेरहदको निर्णय
-
यी हुन् मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले लिएका ६ नीति (पूर्णपाठ)