पेरिसको सबैभन्दा अग्लो भवन चढ्दै गर्दा पक्राउ, पाँच वर्षअघि नेपालको झण्डा बोकेर चढेका थिए एक व्यक्ति
उचाईसँग डर लाग्छ ? यदि लाग्छ भने तपाईंलाई यो भिडियो हेर्दा डर लाग्न सक्छ । किनभने एक व्यक्ति सुरक्षाको कुनै उपकरण बिना नै पेरिसको सबैभन्दा अग्लो भवन चढेका छन् । झट्ट हेर्दा यस्तो लाग्छ कि ती व्यक्तिले आफूले आफैंलाई ‘स्पाइडर म्यान’ नै ठानेका छन् । यद्यपि, ती व्यक्तिलाई यो घातक व्यवहारका लागि प्रहरीले पक्राउ गरेको छ ।
भवनको उचाई ६९० फिटः
रिपोर्टका अनुसार जुन भवनमा ती व्यक्ति चढेका छन्, त्यसको नाम त्यगच ःयलतउबचलबककभ हो । यसको उचाई करिब ६९० फिट बताइएको छ । ती व्यक्तिले बेलुकी तिर भवन चढ्न सुरु गरेका थिए र उनलाई प्रहरीले करिब ८ बजे पक्राउ गरेको हो ।
🇫🇷 ALERTE INFO - Un homme est en train d'escalader la Tour #Montparnasse à mains nues, selon un témoin qui a contacté #Mediavenir. #Paris pic.twitter.com/04f2Alyejo
— Mediavenir (@Mediavenir) September 18, 2020
आएफिल टावरभन्दा होचो छ भवन
उक्त भवन आइफिल टावरभन्दा अग्लो त होइन तर त्यो शहरको एक्लो अग्लो भवन हो । जब यी व्यक्ति भवन चढेका थिए तब थुप्रैले उनको भिडियो क्यामरामा कैद गरेर सोसल मिडियामा सेयर गरे । यी व्यक्तिलाई धेरैले ‘स्पाइडर म्यान’ को संज्ञा दिएका छन् ।
सन् २०१५ मा भएको थियो यस्तैः
यसअघि सन् २०१५ मा फ्रान्समा ‘स्पाइडर म्यान’ भनिने एलेइन रोबर्टले नेपालको झण्डा बोकेर यहि भवन चढेका थिए । ती व्यक्तिले यसो गरेर आफूले नेपालमा २०७२ सालको विनाशकारी भूकम्पमा मारिएकाहरुलाई श्रद्धाञ्जलि दिन चाहेको बताएका थिए ।
स्रोतः फ्रान्स २४
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण