चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी
काठमाडौँ – दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल अघिल्लो वर्षभन्दा थपिने भएका छन् । सरकारले अघिल्ला वर्षभन्दा यो वर्ष केही पसल थपेर एकीकृत सहुलियत मूल्य पसल सञ्चालनको तयारी थालेको छ ।
यस वर्ष कोभिड–१९ का कारण भीडभाड कम गर्ने अभिप्रायले सरकारले गत वर्षभन्दा केही पसल थपेर सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ । चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कम्पनी र दुग्ध विकास संस्थानले संयुक्त वा आआफ्नो किसिमले सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले यस वर्ष दसैँ, तिहारलगायतका चाडपर्व ढिला भएकाले भर्खर तयारी थालिएको बताउनुभयो । दसैँ आउन १५ दिन अगाडि नै सहुलियत मूल्य पसल सञ्चालन गर्नेगरी मन्त्रालयले गृहकार्य थालेको जानकारी उनले दिए ।
उनका अनुसार यसबारे सम्बन्धित सरोकारवालासँग एक÷दुई चरणमा छलफल भइसकेको छ । अब मन्त्रीसँग हुने छलफलले अन्तिम रूप दिनेछ र पसल सञ्चालनका लागि मिति पनि तय गर्नेछ । सहप्रवक्ता केसीले यो वर्ष कोभिड–१९ को स्वास्थ्य जोखिमलाई ध्यान दिएर केही पसल थप्ने गर्नेगरी छलफल गरिएको र थपिने सङ्ख्याको टुङ्गो नलागेको पनि जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण