६० वर्षका पूर्व कार्यकारी अधिकारीले पुशअप गरेर मागे जागिरः भने, ‘अहिले पनि फिट’
भनिन्छ उमेर एउटा अंक मात्रै हो, यदि तपाईंभित्र केही गर्ने उत्कट चाहना छ भने तपाईंले जुनसुकै उमेरमा जे पनि हासिल गर्न सक्नुहुन्छ । यस्तै ष्गरेका छन् स्कटल्याण्डमा जन्मिएका ६० वर्षका पाल मार्क्सले । लकडाउनका बेला मार्क्सको जागिर गुमेको थियो र बढ्दो उमेरसँगै उनले काम पनि पाइरहेका थिएनन् । तर उनले हार मानेनन्, ६० वर्षको उमेरमा पनि यति कति फिट छन् भनेर देखाउन उनले सोसल मिडियामा पुशअप गरेको भिडियो सेयर गरे । त्यसपछि उनको पछाडि जागिरको लाइन लाग्यो ।
पश्चिमी बेलायतको लंकाशायरमा बस्ने पल मार्क्स पाँच महिना अघिसम्म पनि दुबईको क्रियोल ग्रुपका मुख्य सञ्चान प्रबन्धनको पदमा कार्यरत थिए । तर लकडाउनका कारण उनको रोजगारी गुम्यो । त्यसपछि मार्क्सले दुबई, बेलायत, स्पेनजस्ता देशमा जागिरको आवेदन दिए । तर उमेरका कारण उनले काम पाएनन् ।
पल मार्क्सलाई ६० वर्षमा पनि उनी पूर्ण रुपमा फिट छन् भनेर प्रमाणित गर्नुथियो । त्यसपछि उनले लिङ्क्डइनमा एउटा भिडियो पोस्ट गरे । जसमा उनले सुट–बुट लगाएर पुशअप गरिरहेका थिए । यो भिडियो भाइरल हुनेबित्तिकै उनले जागिरको थुप्रै प्रस्ताव पाए ।
मार्क्सले आफू दैनिक ५० पुशअप र हप्तामा ३० किलोमिटर दौडने गरेको बताए । उनका अनुसार उमेर कहिले पनि क्षमता वा उत्पादनशिलता मापन गर्ने माध्यम हुन सक्दैन र ६० वर्ष नाघेपछि सबैले पत्रिका पढेर वा टिभी हेरेर नै आफ्नो दिन बिताउनुपर्छ भन्ने कुरामा पनि उनी विश्वास राख्दैनन् ।
लिङ्क्डइनमा मार्क्सको यो भिडियोलाई थुप्रै लाखपटक हेरिसकिएको छ । थुप्रै अफिसले उनलाई जागिरको प्रस्ताव दिए जबकी भिडियो राख्नुअघि ५० भन्दा बढी कम्पनीले उनको सिभी अस्विकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण